राउत क्षेत्री सेवा समाजको पाँचौं अधिवेशन सम्पन्न, १७ सदस्यीय कार्यसमिति चयन

326

काठमाडौं ।
राउत क्षेत्री सेवा समाज नेपालको पाँचौं राष्ट्रिय महाधिवेशन शनिबार काठमाडौंमा सम्पन्न भएको छ ।
देशका विभिन्न जिल्लामा छरिएर रहेका राउत क्षेत्रीहरुको सो समाजको महाधिवेशनले १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमितिको नेतृत्व चितवनका भगवानबहादुर राउतले गरेका छन् ।

महाधिवेशनले सह अध्यक्षमा भक्तपुरको सिरुटारका अभिमन्यू राउत, उपाध्यक्षमा क्रमशः भक्तपुरको ताथलीका नकुल राउत, बाराका नेत्रबहादुर राउत र सिन्धुपाल्चोकका कृष्णबहादुर राउतलाई सर्वसम्मतिले चयन गरेको छ । त्यस्तै समाजको महासचिवमा काठमाडौंका सर्जु राउत, सचिवमा बाराका मोहनबहादुर राउत र कोषाध्यक्षमा ललितपुरका श्याम राउत चुनिएका छन् ।

त्यस्तै भक्तपुरकै ताथलीका रोजी राउत, मकवानपुरका महेन्द्र राउत, दोलखाका इराजकुमार राउत, नीता राउन, काठमाडौंका नीरजबहादुर राउत, सिन्धुपाल्चोकका मनोजकुमार राउत, काठमाडौंकै भीमबहादुर राउत, संखुवासभाका खड्गबहादुर राउत र काभ्रेका सन्तोष राउत सदस्यमा चुनिएका छन् ।