काभ्रेमा प्रहरी सेटिङमै जुवा, रिसोर्ट देखि जंगल सम्म खाल

634

काभ्रे । नेपालमा जुवा खेल्नु र खेलाउनु अवैध धन्दा भएपनि काभ्रेमा भने प्रहरीकै सेटिङमा जुवा खेलाउँदै आएको खुल्न आएको छ ।
काभ्रेका विभिन्न स्थानमा जुवा तास एवं कौडा प्रहरीको नै निगरानी एवं संरक्षणमा हुँदै आएको खुल्न आएको छ ।
विषेश गरि होटल एवं रिसोर्ट एवं सार्वजनिक वनमा समेत जुवा खेलाउनेहरुले आफ्नो अखाडा राख्दै आएका र उनीहरुको संरक्षण प्रहरीले नै गर्दै आएको स्रोतले जनाएको छ ।
काभ्रेको मगरगाउँ आजाद स्कुल नजिक जंगल देखि विभिन्न होटल एवं रिसोर्टहरुमा यसरी जुवा खाल राखिँदै आएको छ ।
मुलुकी फौजदारी संहिताले जुवा खेल्नु र खेलाउनु गैरकानूनी हो यसो गरेका खण्डमा दण्ड सजायको ब्यवस्था गरे पनि दण्ड सजाएँ गराउने नै संलग्न भई खुलेयाम मिनी क्यासिनोका रुपमा जुवा काभ्रेमा ब्यप्त हुँदै आएको छ । यसलाई नियन्त्रण गर्ने दाहित्व कसको त भन्ने सवाल खडा भएको छ ।