शेयर बजारमा दोहोरो अंकको सुधार, तामाकोशीको मूल्य ५ रुपैयाँ बढ्यो

385

काठमाडौंः शेयर बजारमा दोहोरो अंकको सुधार भएको छ। शेय बजार परिसुचक नेप्से १४ अंकले बढेर ११ सय ४२ मा पुगेको छ। सेन्सेटिभ इन्डेक्स पनि ३ अंकले बढेर २ सय ४३ पुगेको छ।

बजारमा १ सय ७१ कम्पनीका ४० करोड रुपैयाँको कारोबार भएको छ। बजारमा अन्य बाहेक सबै सुचक हरिया भएका छन्। हाइड्रो पावरको शेयर सबैभन्दा बढी बढेको छ। अत्यधिक शेयर रहेको माथिल्लो तामाकोशीको शेयर मुल्य ५ रुपैयाँले बढेर २ सय ३५ पुगेको छ।

बजारमा नाग्दी ग्रुप पावर र कन्चन विकास बैंकका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् भने सेन्ट्रल फाइनान्स र सर्पोट माइक्रो फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन्।

Source link