Home समाचार रानीपोखरीभन्दा ५०० वर्ष पुरानो भाजु पुखु
भक्तपुर : भक्तपुरको दूधपाटीीस्थित भाजु पुखु रानीपोखरी भन्दा पाँच सय पुराने भएको इतिहासविद्हरुको दावी छ ।
भक्तपुर नगरपालिका वडा नम्वर १ दूधपाटी भक्तपुर क्याम्परको अगाडी रहेको भाजु पुखु काठमाण्डौंको रानीपोखरी भन्दा पाँच सय वर्ष पुरानो रहेको इतिहासविद् प्रा डा पुरुषोत्तम लोचन श्रेठको संयोजकत्वमा गठित अनुसन्धान समितिले भाजु पुखु र त्यसको बीचमा रहेको शिखरशैलीको मन्दिर १२ औं शताब्दीमा बनेको निष्कर्ष निकाल्दै उक्त पुखु पनि उक्त समयको नै भनएको जानकारी दिएका हुन् ।
पोखरीको बीचमा रहेको भग्नावशेषमा भेटिएका इँटा, मूर्ति तथा पोखरीसँग सम्बन्धित भएर रहेका सम्पदाहरूको अध्ययनले उक्त पोखरी रानीपोखरीभन्दा पाँचसय वर्षअघिको भेटिएको संयोजक श्रेष्ठले दावी गरेका हुन्।
यसअघि उक्त पोखरी १८ औं शताब्दीको हुन सक्ने अनुमान गरिँदै आएको थियो। त्यस्तै काठमाडौंको रानीपोखरीको सिको गरी भक्तपुरमा उक्त मन्दिर बनाएको हुन सक्ने अड्कल गर्दै आएको थियो।
२०५९ सालमा पोखरी जीर्णोद्धार गर्ने क्रममा पोखरीको बीचमा मन्दिर रहेको देखिन आएको थियो। माटोले पुरिएको अवस्थामा मन्दिर भेटिएपछि पुरातत्व विभागका उद्धव आचार्यको नेतृत्वमा दुई हप्ता लगाएर उत्खनन् गरिएको थियो।
उत्खनन्को क्रममा माटोले बनेका प्राचीन यक्ष, इन्द्रको मूर्ति, ब्वसिंह (उड्दै गरेको सिंह), तोरणसँगै विभिन्न आकारप्रकारका सादा तथा बुट्टेदार इँटाहरु फेला पारिएको थियो।
‘सोही मूर्ति तथा इँटाहरुको आधारमा भाजु पुखु र मन्दिर १२ औं शताब्दीको एवं पूर्वमध्यकालको हो भन्ने पुष्टि हुन्छ’, प्रा.डा. श्रेष्ठले भने।
Related