भक्तपुर । भक्तपुरबाट जन्ती बोकेर हेटौंडा जाँदै गरेको बस मकवानपुरमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
मंगलबार भक्तपुरबाट जन्ती बोकेर हेटौंडातर्फ जादैं गरेको बा४ख२२१७ नम्बरको बस दिउँसो १ः४५ कान्तिलोक मार्ग अन्तर्गत मकवानपुरको गढी गाउँपालिका-२ चैनपुर डाँडामा दुर्घटना भएको थियो ।
दुर्घटनामा २ जनाको घटनास्थलमै मृत्यु भएको र २२ जना घाइते भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा काठमाडौं बालाजु बस्ने २० वर्षीय बिकास धमला र भक्तपुरका ३१ वर्षीय नवराज परियार रहेको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये १३ जनाको हेटौंडा अस्पताल र ६ जनाको चुरे हिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घाईतेको अवस्था
चुरेहिल अस्पतालमा उपचाररत घाइते र उनीहरुको अवस्था
१। नुवाकोट तारकेश्वर गाउँपालिकाका २१ वर्षीय राजन ढुङ्गाना – गम्भीर घाइते
२। सिन्धुपाल्चोक सुनकोशी गाउँपालिकाका रबिन्द्र न्यौपाने -मध्यम
३। काभ्रे ज्याग्दी गाउँपालिकाका अमृत पराजुली -मध्यम
४। भक्तपुर चागुँनारायण नगरपालिकाका किशोर बहादुर दर्जी -मध्यम
५। पाल्पाको रामपुर नगरपालिकाका शंकर अर्याल ९मध्यम०
६। चितवनको राप्ती नगरपालिका गड्यौलीका सरोज कंडेल -सामान्य
७। काभ्रेका सुनिल पराजुली -मध्यम
८। काभ्रे धुलिखेलका नगरपालिकाका प्रकाश परियार -मध्यम
९। सिन्धुपाल्चोक सुनकोशीका मित्र प्रसाद नेपाल -सामान्य
१०। सिन्धुपाल्चोक दुगलकी शर्मिला नेपाल -सामान्य
११। सिन्धुपाल्चोक बलेफिका बिकास नेपाली -सामान्य
१२। सिन्धुपाल्चोक बलेफीका भुवन नेपाली -गम्भीर
चितवन रिफर गरिएका घाइतेहरु र अवस्था
१३। भक्तपुरका अनिज नेपाली -सामान्य
१४। भक्तपुरका हरिकृष्ण नेपाली -सामान्य
१५। भक्तपुरकै हरि बहादुर परियार -सामान्य
हेटौंडा अस्पतालमा उपचाररत घाइते र उनीहरुको अवस्था
१६। काभ्रे बनेपाका दिलिप परियार -सामान्य
१७। मकवानपुरका जिवन पाठक -सामान्य
१८। काठमाडौं कलंकीका राज पुरी -मध्यम
१९। सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिकाका रामहरी नेपाली -मध्यम
२०। काभ्रे टुच्डिखेल नगरपालिकाका कुमार परियार -मध्यम
२१। भक्तपुरका ईन्द्र प्रसाद कोईराला -सामान्य
२२। काभ्रे नमोबुद्धका नगरपालिकाका रमेश परियार -सामान्य
बसमा चालक सहित २९ जना यात्रु रहेको बताइएको छ ।







































