सवा अर्ब बढी लगानीमा रंगशाला निर्माण हुने

269

पोखरा-पर्यटकीय नगरी पोखरामा आउँदो असार मसान्तर (४ महिना) भित्र पोखरामा १८ हजार ५ सयको दर्शक क्षमताको प्यारापिटसहितको फुटबल रंगशाला निमार्ण हुने भएको छ ।

१३ औं सागलाई मध्यनगर गरी राष्ट्रिय खेलकुद परिषद्बाट उक्त परियोजना ४ महिनाभित्र सकिने गरी निमार्ण कार्य अघि बढेको हो ।
१ अर्ब २८ करोड २२ लाखको लागतमा निर्माण हुन लागेको उक्त रंगशालाको एक समारोहकाबीच आइतबार युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले शिलन्यास गर्दै तोकिएको मितिमा उक्त रंगशाला निर्माण गर्न ठेकदार कम्पनीलई निर्देशन दिएका छन् ।

मन्त्री विश्वकर्माले १३ औं सागलाई मध्यनजर गरी निमार्ण हुने उक्त रंगशाला निर्माण प्रक्रिया करिब एक महिना ढिलो भएकाले अब निर्माण कार्यलाई तीव्रता दिन कम्पनीलाई सुझाव दिएका छन् ।

देशको आर्थिक विकास र समृद्धिका लागि पोखरा जस्तो पर्यटकीय नगरी क्षेत्रमा खेलकुदको हब पोखरालाई स्पोटर्स सिटीको रूपमा विकास गर्नुपर्ने उनको जोड थियो । पोखरा रंगशालालाई स्पोटर्स टुरिजमको रूपमा विकास गर्दै रंगशालाभित्र निर्माण हुने सम्पूर्ण संरचना अन्तर्राष्ट्रिय स्तरकै मापदण्डका आधारमा निमार्ण गर्न मन्त्री विश्वकर्माले आग्रह गरे ।

गण्डकी प्रदेशका सांसद राजीव पहारीले गुणस्तर र दिगोपनलाई मध्यनजर गरी तोकिएको समय सीमाभित्र निर्माण कार्य सम्पन्न गर्न सबै तर्फबाट रेखदेख आवश्यक भएको बताए । सागका धेरै खेल पोखरामा हुनु पर्ने उनले माग गरे । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले गण्डकी प्रदेशको राजधानि पोखरामा स्पोटर्स कम्प्लेक्स आवश्यक भएको बताए । होस्टेल सहितको, फिजिकल फिटनेस, एम्बुलेन्स, दमकल, मेडिकल सहितको सेवा पोखरा रंगशालाभित्र आवश्यक भएको उनले बताए । युरोप अवधारणामा निर्माण हुने उक्त रंगशाला निमार्णमा तोकिएको समय भित्र सकिने गरी काम गर्न निमार्ण कम्पनीलाई सदस्य सचिव विष्टले आग्रह गरे ।

भारतको ग्रेट स्पोर्ट्स इन्फ्रा इन्डियाले नेपालको एमए कन्सट्रक्सन जावलाखेल ललितपुरको जोइन्ट भेन्चरमा निर्माण गर्न लागेको हो । कम्पनीले राखेपसँग उक्त प्रोजेक्टको सम्झौता सम्झौतासमेत गरिसकेकाले तोकिएको मितिमा उक्त रंगशाला निर्माण गर्ने भएको निर्माण कम्पनीका अनुप आचार्यले बताए ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बराललगायतले बोलेका थिए । विगत ३५ वर्षअघि निर्माण भएको पोखरा रंगशालाको फुटबल प्यारापिट केही महिनाअघि हतार–हतार गर्दै भत्काइएको थियो ।