भक्तपुर । इँटा भट्टाले गरिरहेको प्रदूषण मापन गर्न भक्तपुर इँटा उद्योग संघले गृहकार्य गरेको छ ।
प्रदूषणको कारण विवादित बनेको उद्योगले कति प्रदूषण गरिरहेको भन्ने यथार्थ तथ्यांक निकाल्न संघले सो गृहकार्य थालेको हो ।
संघले जिल्लाका ६२ वटै भट्टाको प्रदूषण मापन गर्ने छ । त्यसका लागि संघले वातवरणविद् तथा प्राविधिकको सहयोग लिएको छ ।







































