भक्तपुर । तामाङ चलचित्रकी लोकप्रिय नायिका रोशनी ब्लोनलाई पितृ शोक परेको छ ।
नायिका ब्लोनका पिता सूर्जे वहादुर ब्लोन २०१७ साल जेष्ठमा जन्मनु भएका उहाँको फागुन २८ गते विहान ८ बजे अस्पतालमा निधन भएको हो ।
लामो समय देखि विरामी रहँदै आउनु भएको उहाँ हिजो विहान स्वार्गारोहण हुनु भएको हो ।
विगत चार बर्ष देखि कलेजोबाट पिडित रहँदै आउनु भएका उहाँ लामो समय थला पर्नु भएको थियो ।
निजगढ नगरपालिका वडा नम्वर १ मा जन्मनु भएको ब्लोनको आज निजगढमै बौद्द लम्वीहरुको संस्कार अनुसार दहसंस्कार गर्ने पारिवारिक स्रोतले जानकारी दिएका छन् ।
ब्लोनको पिताको शोकमा उहाँ लगाएत उहाँका परिवार जनमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्दै तामाङ चलचित्र संघले शोक ब्यक्त गरेको छ ।
शोक ब्यक्त गर्दै संघका अध्यक्ष विकु थोकरले नायिका ब्लोन लगायत उहाँको परिवारलाई इश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन भन्दै शोक ब्यक्त गर्नुभएको छ ।







































