बन्दले प्रदेश ३ को काठमाडौं उपत्यकाबाहेकका क्षेत्र प्रभावित

276

चितवन : विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दका कारण चितवनसहित प्रदेश ३ का विभिन्न जिल्लामा यातायात सेवा प्रभावित भएको छ। 

प्रदेश ३ को काठमाडौं उपत्यकाबाहिरका १० जिल्लामा औसतमा १० प्रतिशत सवारी साधन सञ्चालन भएको प्रदेश ३ ट्राफिक प्रहरी कार्यालय रामनगरका प्रमुख प्रहरी उपरीक्षक नवीनराज राईले जनाकारी दिए। उनका अनुसार जनपथ प्रहरीसँगको समन्वयमा विभिन्न स्थानमा चेकजाँच भइरहेको छ । 

प्रदेश ३ का सबै जिल्लामा चार पांग्रे सवारीसधानको तुलनामा मोटरसाइकल बढी सञ्चालनमा रहेका छन्। अटो, भ्यानलगायत साना सवारी साधान पातलो गुडेका छन्।

ट्राफिक कार्यलयका अनुसार दैनिक १० हजारको हाराहारीमा सवारी साधान गुड्ने नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवगमन पातलो छ। यस्तै दैनिक करिब १४ हजार सवारी साधान गुड्ने पूर्व–पश्चिम राजमार्गमा पनि लामो दूरीका गाडी कम गुडेका छन्। 

जहाँ भेट्यो त्यहीँ पक्राउ

चितवनको सुरक्षा व्यवस्था कडा बनाइएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताए। प्रजिअ बस्नेतका अनुसार बन्दकर्तालाई जहाँ भेट्यो त्यहीँबाट पक्राउ गरिछ। 

बुधबार बसेको जिल्ला सुरक्षा समिति बैठकले कडा निर्देशन जारी गरेपछि सुरक्षाकर्मी फिल्डमा परिचालन भएको बस्नेतले बताए। केही स्थानमा सवारीसाधान स्कर्टिङ गरेर सञ्चालनमा ल्याएको प्रशासनको भनाइ छ। अहिलेसम्म कुनै अप्रिय घटना भएको छैन।

बन्दले चितवनमा विद्यालयको पठनपाठन पूर्ण प्रभावित भएको छ। उद्योग कलकारखाना, पसल बन्द रहेका छन्। साना पसल केही मात्रामा खुले पनि भाटभटेनी सुपरमार्केट लगायत ठूला व्यापारिक कैन्द्र बन्द छन्। 

Source link