उपभोक्तालाई सम्मान गर्न प्रधानमन्त्रीको आग्रह

250

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अधिकार सुरक्षित गर्न उपभोक्ताहरु जागरुक हुनुपर्ने बताएका छन् । विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा शुक्रबार एक सन्देश दिँदै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले सन्देशमा सेवा दिने निकाय, उद्यमी, व्यावसायी लगायत सबै सरोकारवालाहरुले उपभोक्ताको अधिकारको संरक्षण र सम्मान हुने गरी काम गर्न स्मरण गराउनु गराएका छन् । 

“उद्यमी व्यवसायीहरुले उपभोक्ता अधिकारको संरक्षण, सम्मान र पालना हुने गरी आफ्ना क्रियाकलापहरु सञ्चालन गर्नुपर्दछ,” प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन् । “यस क्षेत्रमा सक्रिय नियामक निकायहरुले आफ्नो कार्य क्षमतामा विकास र विस्तार गरी उपभोक्ता संरक्षणका लागि अझ क्रियाशील हुनु पर्ने खाँचो छ,” उनले भनेका छन् ।

संयुक्त राष्ट्र संघको महासभाले पारित गरेको उपभोक्ताअधिकार सम्बन्धी मार्गनिर्देशनका आधारमा सरकारले कानुनहरुको निर्माण र संसोधन गरी उपभोक्ताको अधिकारलाई मजवुत गर्न हर तरहले प्रयास गरिरहेको प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ ।
 

प्रतिकृया दिनुहोस

Source link