यस्ता छन् रोनाल्डोले एट्लेटिकोविरुद्धको खेलमा राखेका चार रेकर्ड 

234

यस्ता छन् रोनाल्डोले एट्लेटिकोविरुद्धको खेलमा राखेका चार रेकर्ड 

एजेन्सी । पोर्चुलगली स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले आफ्नो फुटबल इतिहासमा धेरै रेकर्डहरु राखेका छन्। उनले खेलेका कमै खेलमा गोल गर्न असफल छन्। पछिल्लो समय स्पेनिस क्लब रियल मड्रिडबाट इटालियन क्लब युभेन्ट्स गएका रोनाल्डोले च्याम्पियन्स लिगमा नयाँ रेकर्ड बनाएका छन्। 

रोनाल्डोले एट्लेटिको मड्रिडविरुद्धको खेलहरुमा धेरै रकर्डहरु बनाएका छन्। रोनाल्डोले च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनल खेलमा एट्लेटिकोविरुद्ध चार नयाँ रेकर्ड बनाएका छन्। रोनाल्डोले एट्लेटिकोविरुद्धको खेलमा बनाएका चार नयाँ रेकर्ड यस्ता छन्ः 

४) च्याम्पियन्स लिगमा १ सय २५ गोल गर्ने पहिलो खेलाडी 
च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा रोनाल्डोले आफ्नो जादुमय खेल प्रदर्शन गरे। पहिलो लेगमा २–० गोलले पछि परेको युभेन्ट्स रोनाल्डोको ह्याट्रिकको मद्दतले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गर्न सफल भयो। 
खेलको २७ मिनेटमा युभेन्ट्सका लागि पहिलो गोल गरेको रोनाल्डोले खेलको ४९ औँ मिनेटमा दोस्रो गोल गर्न सफल भए। निकै नै रोमाञ्चक बनेको खेलको ८६ औँ मिनेटमा रोनाल्डोले पेनाल्टी मार्फत गोल गर्दै आफ्नो टोलीलाई क्वाटर फाइनलमा पुगाउन सहयोग गरे। रोनाल्डोले यस अघि च्याम्पियन्स लिगमा १ सय २२ गोल गरेका थिए।

३)  एउटै क्लबविरुद्ध दुई ह्याट्रिक गर्ने पहिलो खेलााडी 
रोनाल्डोले च्याम्पियन्स लिगमा हाल सम्म आठ ह्याट्रिक गरेका छन्। रोनाल्डोले गरेका आठ ह्याट्रिक मध्य दुई ह्याट्रिक स्पेनिस क्लब एट्लेटिको मड्रिडविरुद्ध गर्न सफल भएका हुन्। 
एट्लेटिकोविरुद्ध गरेको ह्याट्रिकसंगै उनले च्याम्पियन्स लिगमा एउटै क्लबविरुद्ध दुई ह्याट्रिक गर्ने पहिलो खेलाडीको रेकर्ड बनाउन सफल भएका छन्। रोनाल्डोले एट्लेटिकोविरुद्ध सन् २०१६–१७ को सिजनको सेमिफाइनल खेलमा गरेका थिए। 

२) च्यम्पियन्स लिगमा सर्वाधिक हेड गोल गर्ने खेलाडी 
रोनाल्डो च्याम्पियन्स लिगमा सर्वाधिक हेड गोल गर्ने पहिलो खेलाडीको रुपमा रहेका छन्। रोनाल्डोले हाल सम्म च्यम्पियन्स लिगमा २२ हेड गोल गरेका छन्। रोनाल्डोले च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनल खेल अन्तर्गको दोस्रो लेगमा एट्लेटिकोविरुद्ध हेड गोल गरेका थिए। 
विश्वकै धेरै जम्प पावर भएका खेलाडी मध्यका एक रोनाल्डोले उत्कृष्ट हेड गोल गरेका हुन्। उनले खेलको २७ मिनेटमा हेड गोल गरेका थिए। 

१) च्याम्पियन्स लिगमा सर्वाधिक ह्याट्रिक गर्ने खेलाडी
बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सीले यस अघि च्याम्पियन्स लिगमा सर्वाधिक ह्याड्रिक गर्ने खेलाडीको  रेकर्ड बनाएका थिए। मेस्सी च्यम्पियन्स लिगमा आठ ह्याट्रिक सहित च्याम्पियन्स लिगको इतिहासमै सर्वाधिक ह्याट्रिक गर्ने खेलाडीको सुचिको शिर्ष स्थानमा थिए। 
तर, एट्लेटिको मड्रिडविरुद्धको खेलमा रोनाल्डोले ह्याट्रिक गर्दै लियोन मेस्सीसंग बराबरी गरेका हुन्। 
 

प्रतिकृया दिनुहोस

Source link