Home साहित्य बहुलाकाजीको त्यो पात्र जसले नाटकनै वास्तविक झै झल्काउँछ
मन्दिरा अधिकारी
भक्तपुर । आस्था थियटर जहाँ हाल बहुलाकाजीको सपना प्रर्दशनी भई रहेको छ । गरिवी र अभावलाई कथामा दर्शाउने विजय मल्लको उक्त कथामा आधारित भएर आस्था थिएटरले नाटक प्रस्तुत गरि रहेको छ ।
कथाबस्तुलाई मर्त रुप दिन हरेक कलाकार लागी परेका पाईयो । यसै बिच पनि भक्तेको भूमिका गर्ने कलाकारको कलाकारिता उत्कृष्ठ मैले पाएँ ।
कथालाई उनले कसरी बुझेका छन् त थाहा भएन तर उनले नाटकमा आफ्नो प्रस्तुति देखाएको देख्दा उनी उक्त समयको विजय मल्लले सोचकै पात्र भक्ते(विकास तमखु) जो गरिवी अभाव अनी दुःखी जिवन सहस अनी भरोशाको पात्रका रुपमा नाटकमा प्रस्तुत भएको पाउँदा उनी विल्कुलै नाटकको लागि आवश्यक पात्र र नाटकलाई सुनमा सुगन्ध दिने पात्रको रुपमा पाएँ ।
नाटकमा उनको पहिलो प्रस्तुति अर्थात छोरालाई उनले हर्कादै आएको दृष्य देखि नै आफूले जुन परिस्थिती हो त्यो अनुसार उनको हाउ भाउ अनुहारमा आउने बदलाव अनी शारीरिक चाल देख्दा लाग्थो उनी नाटकका पात्रै हैनन् उनी त हाम्रो समाजकै एक पात्र जो गरिवी अभाव अनी समस्यामा उल्झेका छन् ।
यस्तै अन्य कलाकारको कुरा गर्दा पनि कोहि कोहि भन्दा कम भने थिएनन् ।
सव एक सय एक कलाकार र उनीहरुको प्रस्तुति थियो । तर केहि संवादमा भने उनीरुको नेवारी लवजले गैर नेवारलाई केहि अनौठो लागे पनि बास्तविक नेवार समुदायका मानिसको आवाज जुन वास्तविक समाजमा हामीले गर्ने सम्वाद जुन नेवारी समुदायमा उक्त समय पनि त्यस्तै त थियो । लाग्छ छोटो समयमा नै उनीहरुले यो प्रस्तुतिकालागि समय निकालेको हुनु पर्छ तर उत्कृष्ठ प्रस्तुति कलाकारहरुबाट भएको मैले पाएँ ।
विजय मल्लको कथा जुन हाल पनि हाम्रो समाजमा हामी देख्न सक्छौं केवल केहि परिस्थिती फरक भए होलान तर स्वास्थ्य शिक्षा भने हाल पनि गरिवको पहुँच भन्दा बाहिर नै रहेको छ । झार फुक अनी धामी देखाउने र स्वास्थ्यका लागि अस्पताल सम्म जान सक्ने अवस्थाबाट हाल पनि आधा जनसंख्या वंचित नै रहेका छन् । यस नाटक मार्फत हामी हाम्रो बास्तविक समाज लाई आस्था सांस्कृतिक परिवारले दर्साउने प्रयासलाई भने प्रशंसा नै गर्नु पर्दछ ।
नाटकमा बहुलाकाजीको भूमिकामा उज्जवल प्रजापति , मानेमा रवि प्रजापति , वीरेमा राकेश बाग ,परिमा पालिस्था रञ्जित , प्रकास प्रजापति ,न्हुज किजु, सरजू फसिकव, साजन प्रजापति,कृति दुवाल,सुशिल महर्जन, राजु सुवाल ,रिना कुस्मा,सर्मिला गाईजू, पूजा बाला,अनिता लाखा,प्रर्मिला तमखुले र शुत्राधारमा मनिषा श्रेष्ठले दिएको प्रस्तुति दर्शनिय छन् । साथै नाटकको निर्देश पक्ष पनि उत्कृष्ठ नै रहेको मैले पाएँ ।
Related