उनले ईसाई धर्मको पवित्र शहर ‘भ्याटिकन सिटी’ र ‘शिवलिंग’ कोबीचमा अद्भुत समानताको बारेमा बताएका छन् । यो दुनिया धर्मको एक मजबूत आधारमा खडा छ र शायदै यस विषयमा कोहीलाई पनि सन्देह नहोला । यस विषयमा कुनै सन्देह छैन कि धर्मले नै कुनैपनि व्यक्तिलाई सही र संयमित जीवनशैली अपनाउनको लागि प्रेरित गर्दछ । यस दुनियामा अलग-अलग धर्मका मानिसहरु रहेका छन् । जसको मूल्य र मान्यता पनि अलग अलग रहेको छ । आदर्श पनि एक अर्काको भिन्न भिन्न रहेको छ । मुख्यतः हामी चार धर्म, हिन्दू, मुस्लिम, सिख र ईसाई एक आपसमा भलै परिचित छौं । तर, इतिहासकार पी.एन.ओकका अनुसार त धर्म चाहे जुन सुकै होस् उसको उद्भव सनातन धर्म यानी हिन्दू धर्मबाट नै भएको हो ।
वेटिकन शहरको संरचना तथा शिवलिंगको आकृतिमा एक गजबको समानता देखिन्छ । यही तस्वीरलाई देखेर हामी सम्झिन सक्छौं कि हिन्दूहरुको पवित्र प्रतीक शिवलिङ्ग र भ्याटिकन शहरको प्रांगणको रचनामा अचम्मको संयोग देखिएको छ ।