थाहा खबर: कपिलवस्तुको पिपरीमा वृद्धको हत्या

182

कपिलवस्तु : शिवराज नगरपालिका–६, पिपरीमा एक वृद्धको हत्या भएको छ। ७० वर्षीय त्रिवेणी यादवको घरमै मंगलबार राति हत्या प्रहरीले जनाएको छ। 

ओछ्यानमा सुतिरहेको अवस्थामा त्रिवेणीमाथि इँटा प्रहार गरी हत्या गरिएको प्रारम्भिक अनुसन्धानमा पाइएको वडा प्रहरी कार्यालय चन्द्रौटाले बताएको छ। शव नजिकै अवधी भाषामा लेखिएको पत्र पनि भेटिएको छ। पत्रमा आर्थिक लेनदेनको विषय रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख महेश्वर उपाध्यायले बताए। 

हत्याबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। हत्याका दोषीलाई पक्राउ गरी कारवाही गर्न मृतकका परिवारले माग गरेको छ।

Source link