भक्तपुरमा हात भाँचिएका विरामीको मृत्यु,घटना गुपचुप राख्न पाँच लाख

14360

भक्तपुर । लडेर हात भाँची उपचार गर्न गएका विरामीको अस्पतालको लापरवाहीले ज्यानै गएको छ ।
घटना भक्तपुर सल्लाघारी स्थित डा.इवामुरा अस्पतालको हो । अस्पतालमा काभ्रे तेमाल गाउँपालिका वडा नम्वर ६ का सानु तामाङ हातको उपचार गर्न पुगेका थिए तर अस्पतालको लापरवाहीले उनको ज्यानै गएको छ ।
गाउँमा नै लडेर दुवै हात भाँची उपचार गर्न पुगेको तामाङको हातको अपरेशन गर्नु पर्ने अस्पताले बताउँदै उनको अप्रेशन गरि दिएको थियो तर उनको लागि उक्त अपरेशन मृत्युको मुख नै भयो ।
जव अस्पतालको गल्तीले उनको मृत्यु भयो त्यस पछि कुरा लुकाउन अस्पतालले मृृतकको परिवारलाई विभिन्न प्रलोभन देखाँदै अस्पतालमा वार्ता नराखी अस्पतालको सय मिटर पर रहेको होटलको कोठा बुक गरी कुरा सल्टाएको छ ।
अस्पतालले विरामीको उपचारमा आफ्नो गल्ती भएको बताउँदै मृतकको परिवारलाई पाँच लाख दिने भएको छ ।
हात भाँचिएर उपचारका लागि आएका तामाङ लाई मधुमेय र ल्हो प्रेसर समस्या थियो । तर अस्पतालले पैसा कमाउने दाउ छोप्दै हतारमा उनको प्रेसर अनी सुगर लगाएत कुनै पनि चेक नै नगर्दा उनलाई बेहोस बनाउन दिएको औषधीको कारण मृत्यु भएको आफन्तको आरोप रहेको छ ।
हामीलाई के थाहा र अस्पतालमा बोल्दै आउनु भएका काका त्यो पनि हात भाँचिएर कुनै गम्भिर रोग अनी गम्भिर चोट लिएर पनि हैन तर अस्पतालले आफूले गर्नु पर्ने काम पनि नगरि पैसा जम्मा गर्नु उहाँको अप्रेशन गर्नु पर्छ भन्यो तर हाँत भाँचिएको भरमा उहाँको अस्पताले ज्यानै लियो सानु तामाङका भतिज बताउँछन् ।
६८ बर्षिय तामाङले अकालमा ज्यान गुमाउनु परेपछि उनका परिवारमा भने अहिले सन्त्रास नै फैलिएको छ ।
घटना लुकाउने अस्पतालले भने हर प्रयास विरामीका आफन्त फकाउन विहान देखि लागि परेका मृतकका आफन्तले बताए ।
दिन भर होटल ग्रिनल्याण्डमा बार्ता पछि मृतकको आफन्तलाई सौलियतमा भोलीका दिनमा उपचार गरि दिने र आज मृतकको किरिया एवं दाह संस्कार गर्न रु एक लाख उपलब्ध गराउने साथै एक साता भित्र अरु चार लाख उपलब्ध गराउने सर्तमा कुरा मिलेको मृतकका आफन्तले बताए ।
विरामीको मृत्युको सम्वन्धमा भने अस्पतालले केहि भन्न चाहेन ।

विरामीको मृत्यु पछि सेटिङमै कुरा मिलाईन्छ
अस्पतालको गल्तीका कारण दैनिक जसो अस्पतालमा विरामीको मृत्यु हुने गरेको भएपनि कुरा बाहिर नल्याई सेटिङमा नै मिलाउने गरिएको छ ।
गल्ती गर्ने डाक्टर अनी नर्सलाई कहिले कारवाहिको दायरामा नल्याई अस्पताले केहि रकम वा जागिर उपलब्ध गराउँदै वा अन्य प्रलोभन देखाउँदै पन्छाउने प्रवित्ति हावी भएको छ । यसरी गल्ती गर्ने डाक्टर एर्व नर्स अनी अस्पताललाई कारवाहीको दायरामा नल्उँदा उनीहरु खुलेयाम पैसा असुल्ने र विरामीको मृत्यु भएका खण्डमा केहि रकम दिएर घटनालाई गुपचुप राख्ने तथा यस्ता घटना मिलाउन भनी नै अस्पतालले नै गुण्डा अनी केहि त्यास्ता बिचौलिया मानिस पाल्ने गरेको समेत देखिन्छ । अस्पतालमा अस्पताको गल्तीले कसैको ज्यान गइ हालेमा ती ब्यक्तीहरु आउने र कुरा मिलाउने तर अस्तालमा गल्ती गर्ने डाक्टर अनी नर्स र कर्मचारीलार्ई भने भगाउन चलन हाल ब्याप्त रहेको हामी पाउन सक्छौं ।