काठमाडौं
विकले आर्जन गरेको सम्पत्ति विवरण अमिल्दो र अस्वभाविक देखिएको भन्दै एक करोड ८२ लाख ६७ हजार सात सय ७९ रुपैयाँको स्रोत पुष्टि नभएकाले गैरकानूनी सम्पत्ति आर्जन गरेको आयोगले जनाएको छ । आयोगले उनीविरुद्ध स्रोत पुष्टि गर्न नसकेको बिगोबमोजिमको जरिवाना र कैद सजायको माग गरेको छ ।
२०६८ असोज २२ गते नेपाल सरकारको राजपत्राङ्कित तृतीय श्रेणीको अधिकृत पदमा नियुक्त विक २०६६ साल चैत १० गतेदेखि २०६८ साल असोज २१ गतेसम्म रोल्पास्थित श्रीकृष्ण माविमा राहत शिक्षकका रुपमा कार्यरत रहेका थिए । अधिकृत तहको नियुक्तिपछि गत मङ्सिर मसान्तसम्मको अवधिमा निजको आयव्यय तथा सिर्जित सम्पत्तिमाथि अनुसन्धान गर्दा तलबभत्ता, प्रोत्साहन भत्ता, श्रीमती आइतमाली विकको पारिश्रमिक आय, जग्गा बिक्री, व्यवसाय आय एवं कर्जालगायतबाट कूल एक करोड २७ लाख ६६ हजार नाै सय ४५ रुपैयाँ आयआर्जन गरेको देखिएको अख्तियारले जनाएको छ ।
सोही अवधिमा जग्गा खरीद, घर निर्माण, सवारीसाधन खरीद, व्यवसायमा लगानी, शैक्षिक खर्च, कर्जा चुक्ता एवं विभिन्न बैंक तथा वित्तीय संस्थामा मौज्दातलगायतमा तीन करोड १० लाख ३४ हजार सात सय २४ रुपैयाँ खर्च तथा लगानी गरेको भेटिएको थियो ।
विकले पदीय दुरुपयोग गरी गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी अस्वभाविक उच्च जीवनयापन गरिहेकाले कारवाही गरी पाऊँ भनी आयोगमा उजुरी दर्ता भएको थियो । उजुरीमाथिको अनुसन्धानका क्रममा निजले आफू तथा श्रीमती आइतमाली विकसमेतको नाममा चलअचल सम्पत्ति खरीद एवं लगानी गरेको पाइएको थियो । अवैध सम्पत्ति जफत गर्ने प्रयोजनका लागि निजकी श्रीमतीविरुद्ध समेत मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।








































