शिक्षासेवी श्रेष्ठ बनेपामा सम्मानित

330

काठमाडौं । विभिन्न जिल्लाबाट बनेपामा आई जीवकोपार्जन गर्दै आएका विपन्नश्रमिक परिवारका ५० जनावालवालिकालाई नीजि विद्यालयमा पढ्नका लागि शुल्क तिरीदिने पेप्सीकोला टाउनप्लानिंग निवासीसमाजसेवी तथा शिक्षासेवी तेज नारायण श्रेष्ठलाई शुक्रबार बनेपामा सम्मान गरियो ।

एभरेष्ट फाउण्डेशन नेपाल तथा पेप्सीकोला टाउन प्लानिंगस्थित करियर विल्डिंग इन्टरनेशनल एकेडेमीका संस्थापक अध्यक्ष श्रेष्ठलाई बनेपास्थित शालोम एकेडेमी प्रि—स्कुलको अभिभावक दिवस तथा दिक्षान्त समारोहमा सम्मान गरिएको हो ।

शालोम एकेडेमी प्रि—स्कुलद्वारा बनेपामा आयोजित सम्मान समारोहमा समाजसेवी तथा शिक्षासेवी श्रेष्ठलाई वरिष्ठ पत्रकार एवम् स्काउट गुरु बलराम प्यासी, विद्यालयका संस्थापक प्रिन्सिपल सिमोन देवापाते तथा भाइस प्रिन्सिपल दिपा सुनुवार देवापातेले दोसल्ला, सम्मानपत्र र उपहार दिएर सम्मान गरेका थिए । सम्मान समारोहमा समाजसेवी तथा शिक्षासेवी श्रेष्ठकी धर्मपत्नि रुपा राजभण्डारी श्रेष्ठको पनि उपस्थिति थियो ।
शिक्षासेवी श्रेष्ठले काभ्रे जिल्लाका ५० जना विपन्न परिवारका वालवालिका तथा सडक वालवालिकालाई बनेपाको एउटा नीजि विद्यालयमा शुल्क तिरेर पढाईराखेका छन । यसैगरिउनले आफ्नो विद्यालय करियर विल्डिङ्ग इन्टरनेशनल एकेडेमीमा पनि त्यस्ता विपन्न परिवारका वालवालिकालाई विगत ८ वर्षदेखि निःशुल्क पढाउँदै आइरहेका छन ।


यसका साथै शिक्षासेवी श्रेष्ठले एभरेस्ट पाmउण्डेशन मार्फत सोलुखुम्बुका केही छात्राहरुलाई विद्यालयस्तरदेखि स्नातकतहसम्म निःशुल्क पढ्ने व्यवस्था मिलाएका छन् भने राजधानीका विभिन्न सामाजिक तथा अपांगसम्वन्धी संघसंस्थालाई पनि आर्थिक सहयोग गर्दै आएका छन् ।
शालोम प्रि—स्कुलको अभिभावक दिवसको अवसरमा विद्यालयबाट उतिर्ण गरी अन्य विद्यालयमा माथिल्लो कक्षामा जान लागेका एक दर्जन विद्यार्थीलाई शिक्षासेवी श्रेष्ठले दिक्षा दिएका थिए भने अभिभावक तथा विभिन्न विदाका उत्कृष्ट विद्यार्थीहरुलाई पदक र प्रमाणपत्र वितरण गरेका थिए ।


त्यस अवसरमा विद्यालयको विविध विषयमा संस्थापक प्रिन्सिपल सिमोन देवापाते तथा शिक्षिका सबिता बुढाथोकीले प्रकाश पारेका थिए भने सम्मानित व्यक्ति शिक्षसेवी श्रेष्ठ तथा अभिभावक उजाद रक्तिमले बोलेका थिए । कार्यक्रममा साना विद्यार्थीहरुले गीत तथा नृत्य प्रस्तुत गर्दै अभिभावकहरुलाई मनोरञ्जन गराएका थिए ।