पाकिस्तानी प्रधानमन्त्री इमरानको ट्विटमा मोदीको सन्देश

267

काठमाडौं– पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पाकिस्तान दिवसका अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुभकामना दिएको बताएका छन् । उनले पाकिस्तान दिवसका अवसरमा मोदीको तर्फबाट आएको शुभकामना सन्देशको स्वागत गरेका छन् ।

इमरानले ट्विट गर्दै पाकिस्तान दिवस दिवसका अवसरमा मोदीले पाकिस्तानी जनतालाई राष्ट्रिय दिवसमा बधाइ दिएको बताएका छन् । इमरानले लेखका छन्– ‘पाकिस्तानको राष्ट्रिय दिवसको अवसरमा म (नरेन्द्र मोदी) पाकिस्तानी जनतालाई मेरो तर्फबाट बधाइ तथा शुभकामना दिन चाहन्छु । यो यस्तो समय हो, चरमपन्थी हिंसाबाट मुक्त गराउन हिंसा मुक्त वातावरणमा लोकतान्त्रिक, शान्तिपूर्ण, प्रगतिशिल र समृद्ध क्षेत्रका लागि काम गर्नुपर्छ ।’


तर भारतीय पक्षले यसबारे पुष्टि गरेको छैन । पाकिस्तानले शुक्रबार राष्ट्रिय दिवस मनाएको हो । इमरानले मोदीले बधाइ दिएको दाबी गरेपनि शुक्रबार नै नयाँदिल्लीमा पाकिस्तान उच्चआयोगमा भएको कार्यक्रमममा पत्रकारलाई सहभागी नहुन भनिएको थियो । भारत सरकारले कार्यक्रम बहिस्कार गरेको भन्दै सहभागी नहुन भनिएको हो । विपक्षी पार्टी कांग्रेसले प्रधानमन्त्री नरेन्द्र मोदी सरकारसँग इमरानको दाबी ठिक भए नभएको बारे प्रश्न गरेको बीबीसी हिन्दीले उल्लेख गरेकाे छ ।