‘पिएम नरेन्द्र मोदी’मा आफ्नो नाम देखेर जावेद अख्तर अचम्मित

374

काठमाडौं। भारतीय प्रधानमन्त्रीको जिवनीमा आधारित चलचित्र पिएम नरेन्द्र मोदीमा गीत लेखनमा जावेद अख्तरले आफ्नो नाम आएकोमा आफु अचम्मित परेको बताएका छन्।

उनले ट्विट गर्दै भनेका छन् उक्त चलचित्रमा मैले कुनै गीत लेखेको छैन्। म छख्क परेको छु । उनको ट्विटलाई उनकी श्रीमती एवं भारतीय कलाकार सबाना आजमीले रिट्विट गरेकी छिन्।

भारतमा लोकसभाको मुखमा भारतीय प्रधानमन्त्रीको जिवनीमा चलचित्र बन्नु चुनावी प्रपोगण्डा रहेको बिपक्षीहरुले आरोप लगाईरहेको बेला भारतका एक प्रख्यात गितकारको नाम पोस्टरमा राख्नु अर्को प्रपोगण्डा रहेको बताईएको छ।

मुश्लिम समुदायलाई आफु तिर आकर्षित गर्न भाजपाले उक्त प्रपोगण्डा गरेको अनुमान लगाईएको छ। जावेद अख्तर एक राम्रा लेखक, वक्ता हुन् र उनी मार्कसवादि बिचारधाराका मानिन्छन्। यस्ता प्रगतिशील लेखकले आफ्नो चलचित्रमा गीत लेखेको प्रपोगण्डा स्थापित गर्न पाएमा भाजपालाई फाईदा हुने आकलन गरिएको हुनसक्ने भारतीय संचार माध्यमहरुले लेखेका छन्।

विवेक ओब्रायले नरेन्द्र मोदीको भुमिका निर्वाहा गरेका छन्। उनका पिता सुरेश ओब्राय उक्त फिल्मका एक निर्माता हुन्। चलचित्र अप्रिल ५मा भारतमा प्रदर्शन हुँदैछ।