मलेसियामा अलपत्र परेका नेपालीलाई सरकारी खर्चमा स्वदेश फर्काइएको छ ।
हवाई टिकटको खर्च व्यहोर्न नसकी घरफिर्ती केन्द्रमा अलपत्र रहेका १६ नेपालीलाई दूतावासले विभिन्न चरणमा उद्धार गरी स्वदेश फर्काएको हो ।
गत फागुन ३० गते जुरु घरफिर्ती केन्द्रबाट छ र बिहीबार जोहरवारु घर फिर्ती केन्द्रबाट १० जना नेपालीको उद्धार गरी नेपाल पठाइएको दूतावासले जनाएको छ ।
अलपत्र नेपालीको उद्धार गर्ने बहानामा पीडितको परिवारबाट ठूलो रकम उठाउने र रकम लिई सम्पर्कविहीन हुने घटना बढेको भन्दै दूतावासले अपरिचित र अनधिकृत व्यक्तिलाई आफन्त उद्धार गर्ने नाममा नेपालमा रकम नबुझाउन अनुरोध गरेको छ ।
कारागारमा परेका व्यक्तिको कानूनी उपचारमा लाग्ने खर्च नेपालबाट पठाउँदा परराष्ट्र मनत्रालयमार्फत पठाउनसमेत दूतावासले आग्रह गरेको छ ।