महोत्तरी । महोत्तरीमा शनिबार दुई बालिकाले झुण्डिएर आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा सम्सी गाउँपालिका–४ सलेवर यादवकी छोरी १३ वर्षीया साङ्ग्रिला यादव र बर्दिबास नगरपालिका–९ बस्ने सुरेन्द्र महतोकी छोरी १३ वर्षीया कञ्चनकुमारी महतो छन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीका अनुसार, साङ्ग्रिलाले आफ्नै सुत्ने कोठामा रहेको पङ्खामा सलको पासो लगाई झुण्डिएर आत्महत्या गरेकी हुन् । यसैगरी कञ्चनले घरभन्दा २०० मिटर पर रहेको आँपको रुखमा सलको पासो लगाई झुण्डिएर आत्महत्या गरेको प्रहरी उपरीक्षक कार्कीले बताए ।
दुवै बालिकाको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा राखिएको जनाइएको छ । दुई बालिका एकै दिन किन, के–कति कारणले झुण्डिएर आत्महत्या गरे भन्नेबारे प्रहरीले अनुसन्धान शुरु गरेको छ ।








































