गायक सुनिल लामाको हिमाली फेदैमा भिडियो रिलिज

506

काठमाडौं । गायक तथा संगीतकार सुनिल लामाको हिमाली फेदैको गाउँमा बोलको गीतको भिडियो सार्वजनिक भएको छ । काठमाडौंको बानेश्व्वरमा आयोजित पात्रकार सम्मेलन तथा भिडियो सार्वजनिक कार्यक्रम बिच उक्त गीतको भिडियो सार्वजनिक भएको हो ।
गायक सुनिल लामाकै संगीत रहेको उक्त गीतका रचनाकार भने समिर लामा हुनुहुन्छ । बरिष्ट संगीतकार शिलावहादुरको एरेन्ज रहेको गीतमा सुनिता लुङ्बा र योसफको अभिनय देख्न सकिन्छ ।
गीतको भिडियोको कोरियोग्राफी, सम्पादन र निर्देशन अजय स्याङतानको रहेको छ भने थोकर फिल्मस् प्रा.लिको पोष्ट प्रोडक्सनमा उक्त गीत बजारमा आएको हो ।

गीती भिडियो सार्वजनिक कार्यक्रमका प्रमुख अतिथि आदिवासी जनजाती चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवारले गीत संगीतको माध्यमबाट देश र सामाजलाई चिनाउन हामी सवै लाग्नु पर्ने बताउनुभयो । उहाँले गायक तथा संगीतकार लामा विदेशमा भएपनि आफूले हिमाली फेदैको गाउँमा गीत ल्याउँदै नेपाल प्रतिको मायालाई दर्शाउनुभएको बताउनुभयो ।
भिडियो सार्वजनिक कार्यक्रममा थोकर फिल्मस् प्रा.लिका अध्यक्ष एवं तामाङ चलचित्र संघका अध्यक्ष विकु थोकरले आफूहरु गीत संगीत मार्फत देश चिनाउन लागि परेको बताउनुभयो । उहाँले नेपालीले जहाँ कहि भएपनि नेपाललाई भुल्न नहुने बताउँदै गायक लामा विदेश(कोरिया)मा रहँदा रहँदै पनि उहाँले गीत संगीतको माध्यमबाट देशका लागि केहि गर्नु पर्छ भन्दै गरेको प्रयास प्रशंसनीय भएको बताउनुभयो ।
सार्वजनिक भएको गीतको भिडियोमा काभ्रेको नवोवुद्दका मनोरम दृष्यावलोकन गर्न सकन्छि भने गीत सङस् नेपालको युटुव च्यानल मार्फत सार्वजनिक भएको छ ।
गायक लामा वैदेशिक रोजगारीका क्रममा कोरियामा रहदै आउनुभएको छ ।