मुग्लिनबाट छुटेको बस त्रिशुली नदीमा दुर्धटना

300

काठमाडौं । सोमबार मुग्लिनबाट कुरिनटारतर्फ आउँदै गरेको बस त्रिशुली नदीमा खसेको छ ।

काठमाडौँ टू बाग्लुङ लेखेको ना५ ख ३६८२ नम्बरको बस त्रिशुली नदिमा खसेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार तीन जना सवार बस चितवनको इच्छाकामना–५ घोप्टेभिरमा दुर्घटना भएको हो ।

बसमा चालक, सहचालक र अर्को बसको चालक रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सहचालकको अवस्था गम्भिर रहेको छ भने २ जनाको सामान्य रहेको छ ।

उनीहरु कुरिनटारबाट खाना खाएर काठमाडौं फर्किने क्रममा बस दुर्घटना भएको हो । प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको बताएको छ ।