काठमाडौं । राष्ट्रगानका रचनाकार एवम् साहित्यकार प्रदीपकुमार राई ‘व्याकुल माइला’लाई दर्शना स्कूल गोठाटारले विद्यालयकै इतिहासमा पहिलोपल्ट २५ हजार ५५५ नगद राशीसहितको ‘दर्शना स्रष्टा सम्मान—२०७५’ प्रदान गर्ने घोषणा गरेको छ ।
व्याकुल माइलाले लेख्नुभएको राष्ट्रगान ‘सयौं थुंगा फूलका हामी एउटै माला नेपाली’ ले हिमाल, तराई र पहाडका सबै नेपालीलाई एकैठाउँमा गोलवद्ध गरि राष्ट्रगानको माद्यमबाट नेपाल राष्ट्रलाई एकढिक्का बनाउन विशेष योगदान गर्नुभएको भन्दै व्याकुल माइलालाई सो सम्मान प्रदान गर्ने निर्णय गरिएको प्रिन्सिपल विनोद मगरले बताउनुभयो ।
कागेश्वरी मनोहरा नगरपालिका वडा नं ९ गोठाटारस्थित दर्शना स्कुलको नयाँ व्यवस्थापन समितिले व्याकुल माइलालाई सो सम्मान प्रदान गर्ने घोषणा गरेको विद्यालयका प्रिन्सिपल मगरले बताउनुभयो ।
विद्यालयको वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसयरमा यही चैत २४ गते व्याकुल माइलालाई सो सम्मान प्रदान गरिने विद्यालयले जनाएको छ ।