जीबन गिरी
रौतहट । चन्द्रनिगाहपुरमा बोलेरो दुर्घटना भएको छ । ओवर स्पिडका कारण लु १ च ५८५२ नम्वरको बोलेरो जताबाट आएको उतै फर्कने गरि दुर्घटना भएको हो ।
दुर्घटनामा बोलेरो सबार २ जना गम्भीर घाइते भएका छन् भने २ जनाको अवस्था सामान्य रहेको छ । स्थानीय बासिन्दा र अन्य गाडीमा सवार यात्रुले उनीहरुको उद्दार गरि अस्पताल गगिएको छ ।
अक्सिजन सिलिन्डर बोकेर आएको बोलेरो अत्यधिक गतिका कारण दुर्घटना भएको थियो ।