फुलै फुलको बगैंचामा सार्वजनिक

473

काठमाडौं । फुलै फुलको बगैंचामा बोलको गीत सार्वजनिक भएको छ ।
काठमाडौंको त्रिपुरेश्वरमा पत्रकार सम्मेलन मार्फत उक्त नेपाली आधुनिक गीत सार्वजनिक भएको हो ।
गायक हेमन्त शिशीर उत्तम तामाङ र पुर्णिमा तामाङको श्वरमा रहेको उत्त गीतको रचनाकार भने गणेश बाबु विके हुनुहन्छ ।
गीती भिडियोमा विनायक तामाङ र जमुना मोक्तानको रोमान्स हेर्न सकिन्छ भने उक्त गीतको निर्देशन तथा छायांकन भने दिनेश मुस्कानले गर्नुभएको हो ।


काली देवी मिडिया हाउसले बजारमा ल्याएको उक्त गीतको संगीत भने गायक हेमन्त शिशीरको नै रहेको छ ।
गीत सार्वजनिक कार्यक्रमलाई सम्वोधन गर्दै तामाङ चलचित्र संघका अध्यक्ष विकु थोकरले गीत र संगीत क्षेत्रलाई पनि तामाङ चलचित्रको धारमा ल्याउनु आवश्यक भएको बताउनुभयो ।
सन्चकुमारी तामाङको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विषेश अतिथि विकास व्लोन रहनुभएको थियो भने अन्य अतिथिमा मानवहादुर तामाङ, धावा फिन्जो तामाङ, जेवी व्लोन, डिवी दोङ, दिपक लामा लगाएतका अतिथिको उपस्थिती रहेको थियो ।

https://youtu.be/k_nHrp1_3wc