भक्तपुरको जंगलमा बालकको कंकाल

585

भक्तपुर । सूर्यबिनायक नगरपालिका–१० चितापोलस्थित सल्लाघारी जंगलमा बाललको कंकाल भेटिएको छ ।

स्थानीयले बुधबार मानव कंकाल र बालकको कपडा देखिएको प्रहरीमा सूचना आएपछि महानगरीय प्रहरी वृत जगाती भक्तपुर र अपराध महाशाखा टेकु काठमाडौंबाट खटिएको टोलीले उक्त कंकाल फेला पारेको प्रहरीले जानकारी दिएको छ ।

परिचय खुल्न नसकेको १४–१५ वर्षको जस्तो देखिने बालको कंकाल फेला परेको र प्रारम्भिक अनुसन्धान गरी शब पोष्‍टमार्टम तथा सनाखतको लागी त्रिबि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको प्रहरी नायव उपरीक्षक रेबति रमण पोखरेलले जानकारी दिए ।

अनुसन्धानका क्रममा स्थानिय राजेन्द्र कार्कीको छोरा बर्ष १५ वर्षको रबिन गत मंसिर २७ गते हराएको भन्ने निबेदन रहेकोले उक्त बालकको शव हुनसक्ने बताउँदै पोखरेलले थप अनुसन्धान कार्य भईरहेको जानकारी दिएका छन् ।