भक्तपुर । भक्तपुरमा पुन कुखुरामा बर्डफ्लु फेला परेको छ । पाँच बर्ष पहिला भक्तपुरमा बर्डफ्लुको आतंकले पुरै जिल्लाका कुखुरा नस्ट गर्न बाध्य भएका किसान पुन देखिदा आतंकित भएका छन् ।
भक्तपुर स्थित सूर्यबिनायक नगरपालिका वडा नम्बर १ तर्खगालमा अवस्थित बहुउद्देश्य कृषि फर्मममा बर्डफ्लु भेटिएको हो ।
कृषि फर्ममा बर्डफ्लु भेटिएको जानकारीसँगै उक्त फर्ममका २ हजार ९ सय ८५ कुखुरा नष्ट गरिएको हो ।
फर्ममा कुखुरासहित १ सय पचास किलो दाना र अण्डा वैज्ञानिक तवरले नष्ट गरिएको पशु विद् डा चन्द्र ढकालले जानकारी दिए । वरिष्ठ पशु विकास समितिका अधिकृत नारायणबहादुर श्रेष्ठको संयोजकत्वमा बर्डफ्लु भएको पुष्टि भएपछि सो प्रभावित क्षेत्रमा रहेका फार्मका कुखुरा नष्ट गर्ने काम भएको हो ।
फर्मममा रहेका कुखुरा, दाना र अण्डा नष्ट गर्न पशु विकास समितिका अधिकृत नारायणबहादुर श्रेष्ठको टोली उक्त स्थानमा पुगेर फर्मका कुखुरा र दाना नष्ट गरिएको थियो ।
ढकालका अनुसार चार किल्लाभित्रका कुखुरा नष्ट गरी खाडलमा पुरिएकोे छ । कृषि फर्म वरपर बर्डफ्लु नियन्त्रण गर्न किटनाशक औषधि प्रयोग गरिएको ढकालले जानकारी दिए ।
भक्तपुरमा उपत्यकामा नै पहिलो पटक बर्डफ्लु फेला परेको थियो । थिमी नगरपालिका मनोहरा किनारमा रहेको सुकुमबासी बस्तीमा पहिलो पटक हाँसमा बर्डफ्लु फेला परेको थियो । यसका सथै भक्तपुरमा पाँच बर्ष पहिला पुरै जिल्ला नै बर्डफ्लु प्रभावित हुँदा लाखौं कुखुरा नस्ट गरिएको थियो । तात्कालिन समयमा कुखुरा पालन ब्यवसायमा पहिलो नम्वरमा रहेको रहेको भक्तपुरमा बर्डफ्लुले संक्रमण भई जिल्ला भरका घरपालुवा कुखुरा समेत नस्ट गर्दा अधिकाँस किसान पेशाबाट नै विस्थापित भएका थिए ।
हाल पनि भक्तपुर कुखुरा पालन ब्यवसायमा नेपालमा नै दोस्रो नम्वरमा रहँदै आएको छ ।
Related