ज्ञानदाश दोङको मार्मिक गीत व्हम्सी एदा,थान्के म्हान्मुको छायांकन सम्पन्न

726

भक्तपुर । बजारमा आउनु अघी नै निकै चर्चाको शिखरमा रहेको ज्ञानदाश दोङको मार्मिक गीत ब्हम्सी एदा, थान्के म्हान्मुको छायांकन सम्पन्न भएको छ ।

दोलखा र रामेछाप जिल्लाको रमणिय धार्मिक स्थल ठुलो सैलुङ र सिन्दुली जिल्लाको सुनकोशी आसपासमा उक्त गीतको छायांकन सम्पन्न भएको निर्माण पक्षले जानकारी दिएको छ ।

हाल निकै व्यस्त एवं चर्चामा रहेकी मोडल निराञ्जली लामाका साथ नव नायक हिरालाल लामा ह्योल्मोले गीतमा अभिनय गरेका छन् । हिरालाल लामा ह्योल्मोको निर्माणमा उक्त गीत छिटै नै बजारमा आउने भएको छ ।

संगीतकार तथा गायक निमा दोङ र गायक जितु लोप्चानका स्वरमा रहेको उक्त गीत भिडियो बन्नु अघि नै निकै चर्चामा रहेको थियो । उक्त भिडियो छिटै नै बजारमा ल्याइने निर्माण पक्षले जनाएको छ ।