मौसम फेरि बिग्रियो यस्तो छ तीन दिनको मौसम

824

काठमाडौँ ।मौसम पूर्वानुमान महाशाखाले शुक्रबार बिहानैदेखि मौसम बिग्रने जनाएको छ । काठमाडौं उपत्यकाको मौसमसमेत खुल्न सकेको छैन । त्यसैगरी महाशाखाले दिउँसो देशभरका धेरैजसो भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ ।

देशको पुर्वी तथा मध्य भूभागका केही स्थानमा, पश्चिमी  भूभागका थोरै स्थानहरुमा मेघ गर्जनसहित वर्षाको संभावना देखिन्छ। तराईका सिमानामा र पश्चिमी पहाडका थोरै स्थानमा हल्का हावा हुरि चल्ने संभावना छ।  उच्च हिमाली  भूभागहरुका केहि स्थानहरुमा  हल्का  हिमपातको  संभावना देखिन्छ।

शुक्रबार राति देशको पूर्वी र मध्य भुभाग लगायत पश्चिमी पहाडी भूभागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ भने बाँकी भूभागहरुमा आंशिक बदलि रहने छ । देशको पुर्वी तथा मध्य भूभागका थोरै स्थानमा,  पश्चिमी  भूभागका १–२ स्थानहरुमा मेघ गर्जन साथ हल्कादेखि मध्ययम वर्षाको संभावना देखिएको महाशाखाले जनाएको छ ।

 पुर्व र मध्य तराइका सिमानामा हल्का हावा हुरि चल्ने संभावना रहेको र उच्च हिमाली  भूभागहरुका केहि स्थानहरुमा  हल्का हिमपातको  पनि संभावना देखिएको जनाइएको छ ।

यस्तो छ चैत्र २३  गते शनिबारको प्रक्षेपण 

दिउँसोः देशको अधिकांस भूभागहरुमा  सामान्यदेखि पूर्ण  बदली रहनेछ । देशका केहि स्थानहरुमा मेघ गर्जनका साथ हल्कादेखि मध्यम वर्षाको संभावना देखिन्छ। बिहानको समयमा तराइका सिमानामा हल्का हावा हुरि चल्ने संभावना छ  र उच्च हिमाली  भूभागहरुमा हल्का देखि मध्यम  हिमपातको  संभावना देखिन्छ।

 रातिः देशको अधिकांश भूभागहरुमा  सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका केहि स्थानहरुमा मेघ गर्जन सहित हल्कादेखि मध्यम वर्षाको संभावना देखिन्छ र तराइका सिमानामा हल्का हावा हुरि चल्ने संभावना छ । उच्च हिमाली  भूभागहरुमा हल्का देखि मध्यम  हिमपातको  संभावना देखिन्छ।

चैत्र २४  गते आइतबारको प्रक्षेपण

दिउँसोः देशभरका धेरैजसो भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ । देशको पुर्वी तथा मध्य भूभागका थोरै स्थानमा, पश्चिमी भूभागका १–२ स्थानहरुमा मेघ गर्जनसहित वर्षाको संभावना देखिन्छ। पश्चिमी पहाडका थोरै स्थानमा हल्का हावाहुरी चल्ने संभावना छ ।

रातिः देशको अधिकांश भूभागहरुमा आंशिक बदली रहने छ । देशको पूर्वी भूभागका १–२ स्थानमा मेघ गर्जनका साथ हल्का वर्षाको संभावना देखिन्छ। पश्चिम र मध्य तराइका सिमानामा हल्का हावा हुरि चल्ने संभावना छ ।