ठुलो बजेटमा निर्माण भएको तामाङ कथानक चलचित्र छार ग्यालाम प्रर्दशनीको तयारीमा

673

काठमाडौं । फरक कथाबस्तु साथै ठुलो बजेटमा निर्माण भएको तामाङ कथानक चलचित्र छार ग्यालाम प्रर्दशनीको तरखरमा रहेको छ । चलचित्रका सम्वन्धमा जानकारी गराउन आयोजित पात्रकार सम्मेलनमा निर्माण पक्षले ठुलो बजेटमा निर्माण भएको चलचित्र छार ग्यालाम बैशाख १६ गते विषेश प्रर्दशनी गरिने जानकारी दिइएको थियो । नयाँ बर्षको अवसरमा राष्ट्रिय नाचघर जमलमा छार ग्यालामा अर्थात नयाँ बाटो विषेश प्रर्दशनी गर्ने सम्पुर्ण तयारी पुरा भएको निर्माण पक्षले जानकारी दिएका छन् ।
निर्माता पविना तामाङ र दिपा वाइवा साथै सह निर्मातामा भने बुद्दमाया तामाङ इन्द्रमाया तामाङ कुमारी तामाङको लगानीमा निर्माण भएको चलचित्रमा चर्चित नायक कुमार मोक्तान, राहुल मोक्तान र नायिका सुनिता लुङ्बा र संगिता दोङको मुख्य अभिनय रहेको छ । साथै चलचित्रमा अन्य कलाकारहरुमा धुर्व तामाङ, गोकुल तामाङ, हस्त बहादुर तामाङ, दिपा वाइवा, सुर्य बहादुर तामाङ र प्रकाश श्रेष्ठको बजोड अभिनय रहेको चलचित्र निर्माण पक्षले जनाएको छ । 
कोशीपारी फिल्म प्रा.लिको प्रस्तुतिमा सागर लामा गोलेको छार ग्यालाम दुई भाषामा निर्माण भएको छ । कथा तथा पटककथा धनवहादुर तामाङ(सागर) रहेको चलचित्रमा धन बहादुर तामाङ (सागर)ले नै निर्देशन गर्नु भएको हो भने बुद्ध स्याङवा, सुदिप न्यासुर, प्रयास दोङको संगीत दिनुभएको छ । चलचित्रमा द्घन्द राजु किराँतको सम्पादन तुल्सी बास्कोटाको ,छायांकन लक्ष्मण घिमिरेको रहेको छ । रमेश थापा र विर वहादुर लामाको नृत्य निर्देशन रहेको चलचित्रमा तीन गीत समेटिएको छ ।

चलचिको विषयमा जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा तामाङ चलचित्र संघका अध्यक्ष विकु थोकरले कुनै पनि तामाङ चलचित्र कर्मी आफ्नो लगानी डुव्ला भनी आतिनु नपर्ने बताउनुभएको छ । तामाङ चलचित्र निर्माण गर्दा आफु डुव्छुकी भनी डराउनु पर्दैन हामी चलचित्र संघका मार्फत देश तथा विदेशमा पनि चलचित्र प्रर्दशनीको तार तम्मे मिलाई लगानी सुनिश्चित गर्नका साथै चलचित्र प्रर्वधनमा पनि लागी पर्ने छौं उहाँले भन्नुभयो ।