कुखुरा राम्रोसंग नष्ट नगर्दा कागमा सर्यो बर्डफ्लु उपत्यका बर्डफ्लुको जाेखिममा

469

काठमाडौं । काठमाडौं उपत्यकामा बर्डफ्लुको संक्रमण फैलिएको छ । चैतभरमा थुप्रै स्थानमा कुखुराहरु मारिएको छ भने पशुसेवा विभागका अनुसार काग तथा परेवा पनि मरेका छन् ।

विभागका अनुसार संक्रमणबाट ३५० काग मरिसकेका छन् । कतिपय स्थानमा विभागको पहुँचसमेत पुग्न सकेको छैन । काग मरेपछि गरिएको नमुना परीक्षणमा एच५एन१ संक्रमण भएको देखिएको विभागले जनाएको छ ।

परेवा फाटफुट मरे पनि तिनीहरुमा संक्रमण नै भने नदेखिएको विभागले जनाएको छ । निरन्तर कुखुरामा बर्डफ्लु देखिएपछि कुखुरा मारेर फालिएको थियो । तर राम्रोसंग कुखुरा नगाडिएकाले कागले खाएर सरेको हुन सक्ने अनुमान गरिएको छ । हाम्राकुरा लेख्छ काठमाडौं, ललितपुर र भक्तपुरमा यो चैतमै हजारौं कुखुरा नष्ट भइसकेको छ ।

अझै पनि कुखुरा वसारपसारमा सरकारले रोक लगाउन सकेको छैन । त्यसैगरी उपत्यकाभित्रै कुखुराको प्रयोग पनि रोकिएको छैन ।