उपत्यकामा ठगीको नयाँ धन्दा इभेन्टका नाममा ठगीदै सयौं युवा

2689

काठमाडौं । नेपालमा हाल दिनौं जसो विभिन्न संघ संस्थाले विभिन्न इभेन्ट गर्दै आएका छन् । कयौं इभेन्टहरु सरकार सँग अनुमती दिएर नै गरिदै आएका छन् भने केहि इभेन्टहरु भने केवल पैसा कमाउनका लागि सर्वसाधारण ठगी गर्ने धन्दा नै भएको छ ।
कार स्कुटर गोल्डेन क्राउन अमेरिका भ्रमण विभिन्न देशको भ्रमण आईफोन दिने विभिन्न फोनहरुका लेटेस्ट मोडलहरु उपहार स्वरु दिने भन्दै इभेन्ट गर्नेहरुको यहाँ ओहिरो नै रहेको छ ।
तथापी इभेन्ट सकिएको महिनौ बिती सक्दा पनि विजेताले भने उपहार पाउन सकेका छैनन् भन्दा अचम्म लाग्ला ।
यस्तै एउटा इभेन्टका नाममा ठगी गर्ने गिरोहले विभिन्न पेशामा रहेका युवाहरुलाई ठगी गरेको खुल्न आएको छ । मोटर कार विदेश भ्रमण अनी विभिन्न मोडलका फोन तथा गोल्डेन क्राउन दिने भनी विज्ञापन गरि इभेन्ट भनी सम्पन्न भएको एक वर्ष पुग्न लागी सक्यो तर उपहार विजेताको हात भने अझ खाली नै छ ।
यो ठगी गर्ने मिडिया हो विश्व मिडिया प्रा लि विक्रान्त पौडेल र त्रिज्ञा भेलेले संचालन गर्दै आएको उक्त मिडियाले गत जेठ महिनामा नै सम्पन्न गरेको मिस एण्ड मिसेस फेमिना इटरनेशनलको पुरस्कार हाल सम्म पनि वितरण गरेको छैन ।
उपहार विजेतालाई पुरस्कार लिन चाहिने कर भनी विभिन्न वहानामा पैसा असुल गरि सकेको भएपनि आयोजक विश्व मिडियाले भने हाल सम्म उपहार भने दिएको छैन ।

उपहारको लिस्ट 

उपहार दिने भनी पुष १८ गते होटल सांग्रीलामा विहान ११ बजे विजेताहरुलाई बोलाएको विश्व मिडियाले उक्त दिन विजेताहरु होटल पुग्दा छाँगाबाट खसे जस्तो भएका थिए । न होटल बुक गरिएको थियो न होटललाई उक्त कार्यक्रम आफ्नो होटलमा हुँदै छ भन्ने नै थाहा थियो विश्व मिडियाले nepaldaily.com नामक अनलाइनमा पुस १८ गते मिस एण्ड मिसेस फेमिनाका विजेतालाई पुरस्कार दिने भनी समाचार नै प्रकाशित गरेको थियो ।

पुरस्कार लिन आएका विजेताहरु खाली हात त फर्किए तथापी उनीहरुलाई विश्व मिडियाका विक्रान्तले भने उल्टै धम्काउने गरेको विजेताहरु बताउँछन् ।
इभेन्टमा विभिन्न वहानामा पैसा उठाइएको तर विजेताहरुलाई भने कुनै पनि पुरस्कार भने नदिईएको उनीहरु बताउँछन् ।
इभेन्टमा सहभागी हुँदा देखि इभेन्ट सम्पन्न हुँदा सम्म विभिन्न समयमा इभेन्टको टिकट बापत एक सहभागी सँग ३० हजार देखि १ लाख सम्मको टिकटको रकम अन्य सहभागिताको रकम र विभिन्न प्रयोजनमा लाखौं रुपैँया सम्म लिएका भएपनि आफूहरुले भने हाल सम्म पनि पुरस्कार बापत केहि पनि नपाएको उनीहरु बताउँछन् ।
आफूले पाउने पुरस्कारको विषयमा कुरा गर्दा विक्रन्तले भने उल्टै विभिन्न कुरा गरी धम्काउने गरेको उनीहरु सुनाउँछन् ।
विक्रान्तले आफूहरुलाई तीन पटक सम्म पुरस्कारको कुरा गर्दै छक्काएको उनीहरु बताउँछन् ।
विक्रान्तहरुले आफूहरुले विश्व मिडियाको नाममा ठगी गरेको उनीहरुको आरोप रहेको छ ।
उनीहरुको उद्देश्य नै केवल इभेन्ट गर्ने र सहभागिहरुलाई ठग्ने रहेछ त्यसैले उनीहरुले विभिन्न समयमा गरेका इभेन्टका हाल सम्म पुरस्कार भने दिएको देखिदैन ।
लाखौंको पुरस्कार दिने भन्दै इभेन्ट गर्ने र सहभागिलाई ठग्दै हिड्ने गिरोह नै सक्रिय रहेका छन् । जसमा विक्रान्तहरुको ग्रुप पनि एक हो ।
उनीहरु विरुद्द विजेताहरुले प्रहरीमा उजुरी गरेपनि ठगहरुको बोली बोलाउकै कारण उनीहरुलाई भने हाल सम्म कुनै कारवाही भने भएको देखिन्न ।
विक्रान्तहरुको समूहले हाल पनि अर्को इभेन्ट गर्न लागेका छन् तर उनीहरुले हाल सम्म अघिल्ला दुई इभेन्टका नै पुरस्कार भने दिएका छैनन् ।
इभेन्टका नाममा घरानिया ब्यक्तिहरु डक्टर इन्जिनियर नर्स तथा अन्य विभिन्न पेशामा रहेकाहरुलाई तार्गेट गर्दै उनीहरुको समूहले ठगी गर्दै आएका छन् ।