क्षेत्री समाज नेपाल तेस्रो महाधिवेशन मै फुटको संघारमा

498

पोखरा । ठुलै तामझामका साथ शनिवार देखि सुरु भएको क्षेत्री समाजको महाधिवेशनबाटै समाज फुटको संघारमा पुगेको छ ।
शनिवार देखि पोखराको चिप्लेढुंगामा सुरु भएको महाधिवेशनमा उम्मेद्वारी विवाद हुँदा फुटको संघारमा पुगेको हो ।
नेपालमा जातिगत संगठनमा सवै भन्दा ठुलो संघठनका रुपमा रहेको क्षेत्री समाज नेपाल आन्तरिक विवादका कारण फुटको संघारमा पुगेको स्रोतले जनाएको छ ।
समाजको बन्द सत्र सुरु हुनु केहि समय अगी कुमार खड्काको उम्मेदवारी संगै समाज फुटको संघारमा पुगेको हो ।
संस्थाको संस्थापक अध्यक्ष प्रा. डा. दिलवहादुर क्षेत्री र वर्तमान अध्यक्ष प्रा. डा. चन्द्रवहादुर थापा मध्य एकजनाले अध्यक्षको नेतृत्व गर्ने भन्ने विषयमा सहमती जुट्न नसकेपछि समाज नै फुटको संघारमा पुगेको हो ।
क्षेत्री समाजका निवर्तमान उपाध्यक्ष योगेन्द्र कुमार कार्की र पूर्व महासचिव कमार कार्कीले अध्यक्षको दाबी गरेपछि विवाद चुलिएको हो ।
पोखरेली क्षेत्रीहरुले मात्र नेतृत्व लिने भन्ने विषयमा विवाद हुँदा समाज नै विघठन गर्नु पर्ने माग राख्दै प्रतिनीधिहरु विरोधमा उत्रेका छन् ।