नियुक्तिपत्र अन्तिम नतिजा प्रकाशित मितिले लागू हुने गरि प्रदान गरिने !

620

भक्तपुर ।
गत असार २९ र ३० गते शिक्षक सेवा आयोगले संचालन गरेको प्रावी निमाबी र माबी तहमा कार्यरत अस्थायी शिक्षकहरुको परीक्षा सम्पन्न भएसंगै अन्तिम नतिजाबाट सिफारिस भैइसक्दा पनि शिक्षकहरुको नियुक्ति बारे कुनै ठोस निर्णय नभएको अवस्थामा शिक्षक सेवा आयोग परीक्षा तयारी समूह -२०७४ को एक टोलिले आज शिक्षा तथा मानव श्रोत विकास केन्द्र, सानोठिमी भक्तपुरमा गएर केन्द्रका महानिर्देशक बाबुराम पौडेल र उपमहानिर्देशक दिपक शर्मालाई छुट्टाछुट्टै भेट गरि नियुक्तिपत्र यथाशिघ्र यहि वर्षको चैत्रभित्र शिक्षकहरुको हातहातमा पुग्ने गरि सम्बन्धित ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइहरुमा सिफारीस गर्न अनुरोध गरेको छ ।

भेटका क्रममा यस बिषयमा मन्त्रालयमा छ्लफल भइरहेको बताउदै महानिर्देशक बाबुराम पौडेल जुन दिन अन्तिम नतिजा आयोगले गर्‍यो त्यही दिनदेखी लागू हुने गरि नियुक्ति पत्र दिने प्रस्ताब अघि बढाएको भन्नू भयो ।

यसैगरी यो परीक्षाको बिज्ञापन गर्दा क्षेत्रीयस्तरमा भएको र हाल संघिय संरचनाअनुसार ७ प्रदेश भएकोले निमाबी र माबिको नियुक्ति अलि ढिला हुनेतर्फ संकेत गर्दै उपमहानिर्देशक तथा केन्द्रका प्रवक्तासमेत रहेका दिपक शर्माले
मन्त्रालयको निर्णय पर्खिरहेको बताउनुभयो ।