काठमाडौं । आगामी बैशाखमा हुने भनिएको अन्तराष्ट्रिय तामाङ चलचित्र महोत्सव प्रति तामाङ चलचित्र संघले आपत्ती जनाएको छ ।
तामाङ चलचित्र संघले पत्रकार सम्मेलन मार्फत अन्तराष्ट्रिय तामाङ चलचित्र महोत्सव तामाङ कलाकर्मी तथा चलचित्रको हित विपरित भएको जनाउँदै उक्त महोत्सव प्रति आपत्ती जनाएको हो ।
तेस्रो तामाङ चलचित्र महोत्सवलाई असर गर्ने गरि नै अयोजना हुन् लागेको अन्तराष्ट्रिय तामाङ चलचित्र महोत्सव कुनै पनि बैधानिक तवरबाट हुन् लागेको हैन यो केवल पैसा कमाउनको लागि आयोजना हुन् लागेको हो यो चलचित्र कर्मीको हक हित विपरित भएको तामाङ चलचित्र संघका अध्यक्ष विकु थोकरले जानकारी गराउनुभयो ।
उहाँका अनुसार अन्तराष्ट्रिय तामाङ चलचित्र महोत्सवका नाममा आगामी चैत २९ देखि बैशाख १ गते सम्म हुन् लागेको महोत्सवलाई लत्याउँदै आयोजना हुन् लागेको महोत्सव कुनै पनि बैधानिक महोत्सव नभएको बताउनुभयो ।
तामाङ चलचित्र संघ आदिवासी चलचित्र संघ तथा चलचित्र विकास बोर्डको अनुमती वेगर कुनै पनि चलचित्र महोत्सव आयोजना गर्न नमिल्ने प्रावधान हुँदा हुँदै पनि तामाङ आवाज, सेलो फाउण्डेशन र एस.सी.आर.सीको संयुक्त प्रयोजनमा हुने भनिएको महोत्सव बैधानिक नभएको अध्यक्ष थोकरले बताउनुभयो ।
अध्यक्ष थोकरका अनुसार महोत्सव गर्नु राम्रो कुरा हो तर तामाङ चलचित्रका सवालमा भने नेपाल भन्दा बाहिर कुनै पनि हाल सम्म चलचित्र निर्माण भएको आधिकारीक डाटा छैन अन्तराष्ट्रिय तामाङ चलचित्र महोत्सवको नाममा तामाङ कलाकारहरु तथा चलचित्र निर्माणपक्षलाई अलमलाउने काम भएको आरोप समेत लगाउनुभएको छ ।
तामाङ चलचित्र कर्मी र तामाङ चलचित्रका सम्वन्धमा लडी रहेको संघलाई नै बाईपास गर्दै आयोजना हुन् लागेको भनिएकोअन्तराष्ट्रिय तामाङ चलचित्र महोत्सव भ्रम मात्र भएको तामाङ चलचित्र संघका महासचिव जयन कुमार मोक्तानले बताउनुभयो । उहाँले अवैधानिक तवरबाट चलचित्र संघलाई नै जानकारी बेगर कुनै पनि महोत्सव एवं अन्तराष्ट्रिय वा राष्ट्रिय महोत्सव गर्नु कलाकर्मीहरुको हक हित विपरित भएको बताउँदै यसो नगर्न सवैमा आग्रह समेत गर्नुभएको छ ।