भक्तपुर । भक्तपुरमा कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
सूर्यविनायक नगरपालिका–१० भातेढिकुरमा कारले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक काभ्रे बेथानचोक गाउँपालिका वडा नम्वर ६ का दिपेन्द्र लामाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
जगातीबाट बनेपातर्फ जाँदै गरेको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको कारले ठक्कर दिएको थियो ।
बा४९प ५४२७ नम्मरको मोटरसाइकललाई बा१९प ५०८९ नम्मरको कारले ठक्कर दिँदा मोटरसाइकल चालक को मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको ।
घाइते लामाको मध्यपुर अस्पताल ठिमीमा उपचारका क्रममा आइतबार साँझ मृत्यु भएको र मोटरसाइकलमा पछाडि सवार काठमाडौं महानगरपालिका–३० बस्ने ३९ वर्षीय पञ्च खड्गीको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ ।
दुवै सवारीसाधन र कार चालक भक्तपुर सूर्यविनायक नगरपालिका–२ बालकोट बस्ने ३४ वर्षीय राजकुमार गौतमलाई महानगरीय प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको बताएको छ ।