आप्रवासीलाई आफ्नो मुलुक फर्कन ट्रम्पको चेतावनी नेपालीलाई पनि समस्या हुने

434

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो मुलुक भरिएकाले आप्रवासीलाई आफ्नै देश फर्कन चेतावनी दिएका छन् । उनले चेतावनी दिए सँगै विभिन्न देशका आप्रवासी सहित नेपालीलाई पनि समस्या हुने देखिएको छ । अमेरिका आप्रवासीहरुले भरिएको थलो हो ।

उनले मेक्सिकोले मध्यअमेरिकी राष्ट्रबाट आउने आप्रवासीलाई नियन्त्रण नगरेमा अटोमोबाइलमा भन्सार लगाउने चेतावनीसमेत दिएका छन् ।

दक्षिणी सीमामा आयोजना भएको गोलमेच सम्मेलनको अवसरमा उनले भनेका छन्, “तपाईंहरूलाई योभन्दा बढी लिन सक्दैनौं, हाम्रो मुलुक भरिइसकेको छ । मलाई माफ गर्नुहोस्,”। “त्यसैले अन्यत्र जानुस् । यो नै सही उपाय हो ।”

सान डियागोबाट २ घण्टापूर्वमा ४० हजार मानिसको सहर क्यालेक्सिकोको अन्तर्राष्ट्रिय सीमाको भ्रमण गर्ने क्रममा ट्रम्पले आप्रवासीको कानुनी प्रक्रिया गर्ने दावीलाई पनि राफसाफ गरिदिएका छन् ।