नरेन्द्र माेदीकाे नाममा खुलेकाे टिभीमाथि चुनाव आयाेगकाे ‘सेन्सर’ नेपाल लाइभ |

304

काठमाडाैं- भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीकाे नाममा खाेलिएकाे टेलिभिजन ‘नमाे टिभी’लाई कुनै पनि चुनावी सामाग्री प्रशारण गर्न राेक लगाइएकाे छ। भारतीय लाेकसभा निर्वाचन घाेषणापछि सतहमा आएकाे उक्त टिभीलाई बिना अनुमति कुनै पनि चुनावलक्षित सामाग्री प्रशारण नगर्न चुनाव आयोगले आदेश दिएकाे छ।

उक्त टिभीमा प्रधानमन्त्री मोदीका भाषण तथा भारतीय जनता पार्टी (बीजेपी) समर्थित सामग्रीहरु प्रशारण गर्ने गरिएकाे थियाे। चुनाव आयोगले नयाँ दिल्लीका मुख्य निर्वाचन अधिकारीलाई आदेश दिँदै टिभीलाई बिना प्रमाणित कुनै पनि चुनावी सामग्री प्रशारण गर्न नदिन निर्देशन दिएकाे छ।

चुनाव आयोगले नमाे टिभीलाई ‘मिडिया सर्टिफिकेसन एन्ड मोनिटरिङ कमिटी (एमसिएमसी) ले प्रमाणित गरेका सामग्री मात्र प्रशारण गर्न दिन भनेकाे छ।

दिल्लीका मुख्य निर्वाचन अधिकारीलाई चुनाव आयोगले पठाएकाे पत्रमा भनिएकाे छ, ‘नमाे टिभीमा एमसिएमसी कमिटीबाट प्रमाणित नभएका सामाग्री तपाईंकाे पनि मञ्जुरी बिनै प्रशारण भइरहेकाे छ।’

चुनाव आयोगले नमो टिभी एक राजनीतिक पार्टीद्वारा सञ्चालित टिभी भएकाे समेत ठहर गरेकाे छ। ‘टिभीमा देखाइने सबै राजनीतिक सामग्रीहरु- रेकर्ड गरिएका कार्यक्रम तथा राजनीतिक विज्ञापन प्रशारणका लागि पनि मञ्जुरी लिन जरुरी छ,’ फत्रमा भनिएकाे छ।

साथै आयोगले बिना अनुमति प्रशारण भइरहेका सबै कार्यक्रमहरु तत्काल बन्द गर्न र कुनैपनि राजनीतिक सामाग्री प्रशारण गर्नु अगाडि अनिवार्य अनुमति लिनसमेत टिभीलाई सुझाएकाे छ।

कहिलेदेखि सुरु भएकाे हाे नमाे टिभी?

बिजेपी नेताहरुका अनुसार नमो टिभी मात्र एक माेबाइल एप्लिकेसन हाे। तर, मार्च २८ बाट यसलाई टिभी रुपान्तरण गरिएकाे थियाे।

तर, भारतीय कांग्रेस र आम आदमी पार्टीले चुनावकाे मुखमा नियाेजित ढंगबाट टिभी सञ्चालन गरिएकाे भन्दै चुनाव आयोगमा नमो टिभीका बारेमा उजुरी गरेका थिए। आम चुनावकाे घाेषणा भएकाे केही समयमा नै सतहमा आएकाेले दुबै पार्टीले नमाे टिभीले आदर्श आचारसंहिताकाे उल्लंघन गरेकाे आराेप लगाएका थिए।

उता ‘डिटिएच’ सेवा उपलब्ध गराउँदै आएकाे ‘टाटा स्काई’ले भने नमो टिभी ‘हिन्दी न्युज च्यानल’ नभएकाे स्पष्टीकरण दिएकाे थियो।

याे इन्टरनेटकाे माध्यमबाट प्रशारणमा ल्याइएकाे विशेष च्यानल हाे जसलाई प्रशारणका लागि कुनैपनि सरकारी अनुमति पत्र लिनु आवश्यक पर्दैन।