सूर्यविनाकमा करेन्ट लागेर एकको मृत्यु

675

भक्तपुर। भक्तपुरमा करेन्ट लागेर एकको मृत्यु भएको छ । भक्तपुरको सूर्यविनाक नगरपालिका ९ भातेढिकुरस्थित मैत्री ईट्टा उद्योगमा मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर एकको मृत्यु भएको प्रहरीले जानकरी दिएको छ ।

शुक्रबार साँझ बा४ख६५३७ नम्बरको निशान गाडीमा मोटरबाट पानी तानी सफा गर्ने क्रममा मोटरमा बिद्युत सर्ट भई करेन्ट लाग्दा गम्भीर घाइते भएका चालक ३२ वर्षीय दिपक पहरीको मृत्यु भएको हाहे । उनको डा. युवामुरा अस्पताल सल्लाघारीमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।

घटनाको सम्वन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।