भूत पिसाच भगाउन एक फिट लामो सियोले छेडियो बुद्धकृष्णको जिव्रो

438

भक्तपुर । जनतालाई दुःख दिने भूत पिसाचबाट जोगिन मध्यपुर थिमी बोडेबासीले एक फिट लामो सियोले बुद्धकृष्णको जिव्रो छेडिदिएका छन् ।
एक थोपा रगत पनि नवगाई उनको जिव्रो १२ पटक सम्म जिव्रो छेडाएका बुद्धकृष्णकै दाजु कृष्णचन्द्रले छेडी दिएका हुन् ।
लिच्छविकालदेखि चलिआएको मान्यता अनुसार भूत प्रेतलाई धपाउन उनको जिव्रोमा एक फिट लामो तिखो सियो धुसारी नगर परिक्रमा गरिएको हो ।
किंबदन्ती अनुसार प्राचिनकालमा बोडेको निलबाराही दायाँंवायाँं बस्ने भूत पिसाचले बोडेबासीलाई दुख दिन्थे । जनतालाई दुःख दिन नछाडेपछि तन्त्रमन्त्रले ती पिसाचलाई आफ्नो बसमा पारेर जिव्रो छेडेर नगर परिक्रमा गरि पठाएको मान्यता प्रचलनमा रहेको छ । यसै समय दखि नै थिमीमा नयाँ बर्षको भाली पल्ट जिव्रो छेडेर पिचास भगाएको सम्झना गर्दै यो जात्रा मनाईदै आएको छ ।
एक फिट लामो एक महिना अघी तयार गरिएको उक्त सियोले आज जिव्रो छेडे पछि थिमीमा मनाईने विस्का जात्राले पनि समाप्ती पाएको छ ।
आफूलाई दुःख दिने पिसाच अनी भूत पुन नगरमा आउन नसकोस् यस नगरमा भएका मनिस भूत पिसाच भन्दा पनि शक्तिशाली छन् भन्ने देखाउन प्रत्यक वर्ष जिव्रो छेडेर नगर परिक्रमा गराउने परम्परा रहेको छ ।
यसै परम्परालाई निरन्तरता दिदै थिमीको प्रख्यात जिव्रो छेड्ने जात्रामा बुद्धकृष्ण बागा श्रेष्ठले सातौं पटक आफ्नो जिव्रो छेडाएका हुन् ।
पेशाले एम्वुलेन्स डाइभर रहेका उनले यस अघी छ पटक आफ्नो जिव्रो छेडाइ सकेका छन् ।
हजारौ जात्रालुहरुको वाहवाहीवीच भक्तपुरको मध्यपुर थिमि बाडेमा सोमबार बुद्धकृष्ण बाग श्रेष्ठले जिव्रो छेडाएका हुन् । जिव्रो छेडेपछि बाँस एवं निगालोले बनेको अर्ध चन्द्राकार महाद्वीप (भ्यय) बोकेर बुद्धकृष्णलाई बोडे परिक्रमा गराइएको थियो । टोलटोलमा घुमाई स्थानीय पाँंचो गणेशको रथलाई भागुटोल पुयाएपछि सियो निकालिएको थियो । त्यसपछि महालक्ष्मीको माटोले जिव्रोको प्वाल टालिदिएर सियोलाई गणेश मन्दिरमा किलाले अड्काएर ठोकिएको छ ।
यसअघि जिव्रो छेडने बुद्धकृष्ण तीनदिनदेखि केही नखाई व्रत वसिरहेका थिए । साथै जिव्रो छेड्ने सियोलाई एक महिना अगाडि नै तयार पारी तेलमा डुवाएर राखिएको थियो । यसरी सियोलाई तयार गर्दा जिव्रो छेड्ने क्रममा रगत वग्दैन भन्ने मान्यता रहेको छ ।
विस्केट जात्राको क्रममा भक्तपुरको मध्यपुर थिमिमा हुने विभिन्न जात्राहरुमध्ये जिव्रो छेड्ने जात्रा एक प्रमुख जात्राका रुपमा हरको छ । तीन दिन सम्म थिमीमा मनाईने जात्रा जिव्रो छेडे सँगै सकिएको पनि छ ।
गतवर्ष पनि उनैले जिव्रो छेडेका थिए । यसअघि श्रेष्ठले दश वर्ष अघि निरन्तर चार पटक जिव्रो छेडिसकेका थिए । आमाको निधन भएको वर्ष उनी पाँँचौ पटक जिव्रो नछेडी हटेका थिए । बुद्धकृष्ण हटेपछि जुजुभाइले निरन्तर आठ पटक जिव्रो छेडेका हुन् । १४ वर्ष अघि बुद्धकृष्णकै दाजु कृष्णचन्द्रले १२ पटक लगातार जिव्रो छेडेर छोडेका थिए ।
परापुर्वकाल देखि यो जात्रा मनाईदै आएको भए पनि हाल सम्म १३ जनाले जिव्रो छेडाएको नामावली पाउन सकिन्छ । पछिल्लो विवरण अनुसार हर्कनरसिंह वाग श्रेष्ठले २२ पटक , बेखानारायण हाय श्रेष्ठले ३२ पटक , हरिदेव किला श्रेष्ठले एक पटक, हरिभासिक श्रेष्ठले तीन, इन्द्र बाटा श्रेष्ठले दुई, हर्केश्वर व्याँं श्रेष्ठले तीन, चन्द्रसेन घो श्रेष्ठले सात पटक, दिलकुमार खपे श्रेष्ठले सात पटक , मुनि घो श्रेष्ठले एक पटक , धर्मराज बलाम श्रेष्ठले एक पटक , कृष्णचन्द्र बाग श्रेष्ठले १२ पटक , बुद्धकृष्ण बाग श्रेष्ठले ७ पटक र जुजुभाइ वाग श्रेष्ठले आठ पटक जिव्रो छेडाएको अभिलेख रहेको संस्कृति विद पुरुषोत्तम लोचन श्रेष्ठले जानकारी दिए ।
बोडेको जिव्रो छेडाउने जात्रा लिच्छविकालदेखि चलिआएको मान्यता छ । किंबदन्ती अनुसार प्राचिनकालमा बोडेको निलबाराही दायाँंवायाँं बस्ने भूत पिसाचले बोडेबासीलाई दुख दिन्थे । जनतालाई दुःख दिन नछाडेपछि तन्त्रमन्त्रले ती पिसाचलाई आफ्नो बसमा पारेर जिव्रो छेडेर नगर परिक्रमा गरि पठाएको मान्यता प्रचलनमा रहेको छ । यसै समय दखि नै थिमीमा नयाँ बर्षको भाली पल्ट जिव्रो छेडेर पिचास भगाएको सम्झना गर्दै यो जात्रा मनाईदै आएको छ ।