चरा चुरुङ्गी अवलोकन गर्दै भक्तपुरमा वन्यजन्तु सप्ताह सम्पन्न

616

भक्तपुर । चरा चुरुङ्गी अवलोकन गर्दै भक्तपुरमा वन्यजन्तु सप्ताह सम्पन्न भएको छ । नयाँ वर्षको पहिलो सप्ताह वन्यजन्तुहरुको संरक्षणार्थ चेतना अभिबृद्दि गर्ने उद्देश्यका साथ वन्यजन्तु सप्ताह मनाईदै आएको छ ।

चरा चुरुङ्गी अवलोकन गर्दै भक्तपुरमा वन्यजन्तु सप्ताह सम्पन्न
यसै सिलसिलामा राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभाग, पंक्षी संरक्षण संघ नेपाल र अन्य संघ संस्थाहरुद्वारा “वन्यजन्तु संरक्षणका लागि सहकार्य” भन्ने नारा सहित देश भर विभिन्न कार्यक्रमहरु वन्यजन्तु सप्ताह सम्पन्न भएको छ ।
सप्ताहको चौथो दिन भक्तपुरको सुर्यविनायक स्थित राष्ट्रिय प्राणी उद्दयानमा चरा चुरुङ्गीहरुको अवलोकन गरिएको थियो ।

कार्यक्रममा चराचुरुङ्गीहरुको महत्व र संरक्षणको आवश्यकता औल्याइ सहभागीहरुलाई उक्त क्षेत्रमा पाइने चराहरुको पहिचान गराईएको थियो ।

चरा चुरुङ्गी अवलोकन गर्दै भक्तपुरमा वन्यजन्तु सप्ताह सम्पन्न कार्यक्रममा चरा विज्ञहरु, संरक्षणकर्मीहरु, भक्तपुर बहुमुखी क्याम्पस, त्रीचन्द्र कलेज, काठमाण्डौ फोरेस्ट्री कलेजका विद्यार्थीहरु र स्थानीय वासिन्दाहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

वन्यजन्तु सप्ताहको अवसरमा भक्तपुरको तेश्रो ध्रुव संरक्षण नामक संस्था द्वारा भक्तपुरमा रहेका वन्यजन्तुहरुको संरक्षणका लागि सप्ताहको दोश्रो दिन सल्लाघारी स्थित सैनिक महाविद्यालयको परिसरमा रहेका चमेराहरुको अवलोकन गरिएको थियो भने तेश्रो दिन ब्यासी स्थित प्रभात इङग्लिस मा।वि। को परिसरमा रहेका लाटोकोसेरोको अवलोकन गराइयो र चौथो दिन सुर्यविनायकको वनमा संसारकै दुर्लभ जीव सालकको वासस्थान अवलोकन गरिएको थियो ।

भक्तपुर बहुमुखी क्याम्पसका प्राणी शाश्त्री दिक्पाल कर्माचार्य, मिलन गणेजु, राधेश्याम कुतुव, लिटिल एन्जेल्स स्कुलका प्राणी शाश्त्री रविता दुवाल, बासु मा।वि का वनस्पति शास्त्री अनीता खर्बुजा र फोटोग्राफर रमेश कपालीको टोलीले वन्यजन्तुहरुको अवलोकन गरेका थिए ।