सकियो बिस्का जात्रा
भक्तपुर । भैरवनाथको रथ तानेर गएको चैत २७ गते सुरु गरिएको बिस्का जात्रा सोही रथ तानेर सम्पन्न गरिएको छ ।
गःहिटीमा रहेको रथ टौमढीस्थित पाँचतले र भैरवनाथ मन्दिर परिसर पु¥याइएपछि बिस्का जात्रा सम्पन्न भएको मानिन्छ ।
टौमढी पुगेको रथबाट भैरवनाथ र बेताललाई झिकेर पुन भैरवनाथ मन्दिरमा विराजमान गराइन्छ ।
त्यसैले बिस्काको अन्तिम दिनलाई द्यः थहाँ बिज्याइगु ९देवता माथि सवारी हुने० जात्रा भनिन्छ ।
विस्का सुरु हुने दिन रथको अग्र भाग तल्लो तर्फ फर्केको हुन्छ भने अन्तिम दिन माथिल्लो तर्फ फर्काइ रथलाई तान्ने गरिन्छ ।