विस्का:को टग अफ वार भैरवनाथ पराजित

1077

भक्तपुर । तल्लो टोल र माथिल्लो टोलले आफू तर्फ भैरवनाथको रथ तानेर मनाईने जात्रा टग अफ वारको प्रणयता हुनु पर्छ ।

अहिलो विकास भएको खेल टग अफ वार सायद भैलखको रथलाई तानेको देखेर नै खेल्न थालिएको हुनु पर्दछ ।


टग अफ वारमा जसले आफू तर्फ तान्न सक्छ उसले जित्छ यस्तै विस्काको रथ पनि जसले आफू तर्फ तन्न सक्यो उसले जितेको सम्झने गरिएको छ । तर यसमा कुनै नियम भने छैन ।

यो वर्षको भैलख टग अफ वारमा दुवै पक्ष विजयी भएका छन् तर भैरवनाथको रथ भने आफैले हारेको छ ।

हजारौंको संख्यामा आएका जात्रालुले भैरवनाथको रथ रातभर तल र माथी गर्दै ताने तर विहानको ४ बजे उक्त रथलाई वंशगोपालमा अलपत्र अनी भताभुङ्ग पारी छोड्दिदाँ भैरवनाथको रथ आफैले हारेको छ ।

हरेक वर्ष उल्लासका साथ मनाइने विस्का पछिल्लो समय अझ अमर्यादित एवं अनियन्त्रित हुँदै आएको छ ।

जसले गर्दा जात्रालु सवै विजयी हुँदै आएका छन् भने स्वयम भैरव नाथको रथ भने आफैले हार्ने गरेको छ ।