भक्तपुर । अविरल वर्षा र असिनापानीले गर्दा आलु जोन भक्तपुरको ८० प्रतिशत आलु नस्ट भएको छ । विगत केहि दिन देखि परेको अविरल वर्षा संगै आएको असिना पानीले चाँगुनारायण नगरपालिका वडा नम्वर ८ र ९ को ८० प्रतिशत भन्दा बढि आलु नस्ट भएको हो ।
बैशाख १ गते देखि नै परेको अविरल वर्षा सँगै आएको असिनाले जोन क्षेत्रको आलु नस्ट भएको हो । करिव दुई हजार रोपनी क्षेत्रफलमा लगाएको आलुमा नियमित परेका पानी र असिनाले चुट्दा आलुको बोट नस्ट भएसँगै आलु खेतमा नै कुहिएको छ ।
मौसमी र बेमौसमी गरि तीन बाली सम्म आलु खेती हुने उक्त क्षेत्रमा खेतमा नै आलु नस्ट हुँदा बेमौसमी आलुको लागि विउ नै अभाव हुने भएको छ ।
प्रति हेक्टर २५ टन आलु उत्पादन हुने क्षेत्रको ८० प्रतिशत अर्थात करिव ८० हेक्टर क्षेत्रफलको नै आलु नस्ट हुँदा किसानलाई करोडौंको क्षति भएको प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना आलु जोनका प्रमुख द्रोण राज काफ्लेले बताए ।
उनका अनुसार अव पनि नियमित नै यसै गरि पानी अनी केहि समयका लागि चर्को घाम लाग्ने हो भने जोन क्षेत्रको आलु अझ बढि नस्ट हुने उनी बताउँछन् ।
आलुको बोट असिनाले चुटेको छ खन्ने बेला भएको आलुमा लागेका दाना पनि नियमित परेका पानीले र अहिलेको घामले गर्दा कुहिने सम्भावना अझ बढेको उनी बताउँछन् ।
मौसमी र बेमौसमी गरि तीन बाली सम्म आलु खेती हुने उक्त क्षेत्रमा खेतमा नै आलु नस्ट हुँदा बेमौसमी आलुको लागि विउ नै अभाव हुने भएको छ ।
यदि पहिलो दिन(बैशाख १ गते) परेको असिना मात्र आएको भएपनि करिब ५० हेक्टरको आलु जोगिन सक्थ्यो तर नियमित परेको पानीले किसानलाई मर्का नै पारेको उनी बताउँछन् ।
अविरल परेका पानी सँगै आएको असिनाले सुडाल र ताथलीको आलु बारी सँगै काँक्रा फर्सि बोडी सिमी लगाएत ५ सय हेक्टर भन्दा बढि क्षेत्रफलमा लगाएको गहुँ बालीमा पनि आंसिक क्षति पुगेको आलु जोनका संयोजक भानुभक्त पराजुली बताउँछन् ।
आलु जोन अन्र्तगत सुडाल र ताथलीका बासिन्दाको मुख्य आम्दानीको स्रोत भनेको नै आलु भएको बताउँदै उनी भन्छन् यो पटक परेका असिना पानीले किसानको रोजी रोटी नै खासि दिएको छ । कति किसान सँग अव अर्को सिजनका लागि आलुको विउ सम्म पनि नहुने उनी बताउँछन् ।
आलुको उत्पादन त छोडौं आलुको विउ सम्म पनि जोगाउन किसानलाई द्यौ द्यौ हुने आलु किसान कुलवहादुर न्हेमाफुकी बताउँछन् । आफुले खेतमा लगाएको आलु पूर्णतया नस्ट भएको छ बाँकी माटो मुनी भएको आलु पनि नियमित परेको पानीले कुहियो अव कसरी अर्को सिजनलाई विउको जोह गर्ने भन्ने नै चिन्ता भएको उनी बताउँछन् ।
यता सुडालका किसानलाई भने अव मकै बाली भित्र लगाउने आलु अर्थात बेमौसमी आलुको विउ कहाँ बाट ल्याउने भन्ने चिन्ता भएको किसान कृष्ण तिमिल्सेना बताउँछन् । यस्तै अर्का किसान कुवेर सापकोट भन्छन् आलु सँग सँगै गहुँ लगाएत अन्य नगदेवाली नस्ट हुँदा आफ्नो लाखौं लगानी स्वाह भयो ।
प्रकृति सँग कसको के लाग्दो रहेछ र अव २० दिन केहि नभएको भए सवैले आफ्नो गहुँ तथा आलु बाली भित्राई सक्थे आलु खनेपछि लगाउन राखेको काउलीको विरुवा सम्म पनि असिनाले नस्ट हुँदा आफूलाई घाउमा नुन चुक छरे जस्तै भएको उनी बताउँछन् ।
१२५० को विमा गरेको भए किसानले एक लाख पाउँथे
नेपालमा बाली विमाको कुरा ठुलै गरि उठेपनि कसैको यसमा चासो भने गएको देखिदैन । आलु जोन अन्तर्गत सुडाल र ताथलीका किसानले आफूले अहिले आलु खेतीमा एक लाख लगानी बराबर १२५० रुपैंया विमा बापतको रकम तिरेर विमा गरेका भए क्षतीपूर्ती बराबर एक लाख पाउँथे । तर बेमौसमी आलु खेतीमा विमा गरेका किसानले समेत मौसमी आलु खेतीमा विमा गरेका थिएनन् । आलु जोनका संयोजक भानुभक्त पराजुली बताउँछन् बेमौसमी आलु खेतीमा भने कहि किसानले विमा गरेका थिए तर अहिले एक जना किसानले पनि आलु खेती विमा नगर्दा उनीहरु अझ घाटामा गएको उनी बताउँछन् ।
सरकारले विमाको लागि ७५ प्रतिशत अनुदान दिने गरेको छ तथापी विमा भने हुँदैन । आलुमा एक लाखको लगानी भन्नाले चार रोपनी क्षेत्रफल बराबर विमा रकम बापत १२५० किसानले तिर्नुपर्ने हो जुन प्रति रोपनी ३१२ रुपैंया हुन्छ ।
किन हुँदैन त विमा
आलु खेती तीन महिने बाली हो । सुडाल र ताथली क्षेत्रमा बर्ष भरमा करिव ५सय हेक्टर आलु खेती हुने गरेको छ । यहाँ तीन सिजनमा आलु लगाईन्छ । मौसमी आलुका रुपमा पुस माघमा लगाएको आलु बैशाख जेठमा खनिन्छ भने बेमौसमी आलुका रुपमा यहाँ मकै बाली भित्र श्रावण भाद्रमा आलु खेती गरिन्छ उक्त आलुको उत्पादन मिति भनेको रोपेको दिन देखि गनेर ६० दिन देखि ७० दिन हो । यसका साथै धानको कटान पछि मौसमी आलु लगाउनु अगावै पनि यहाँ आलु को खेती हुने गरको छ । उक्त समयमा पनि दुई महिनामा नै आलु उत्पादन हुने भएकाले छोटो समयको खेतीका लागि विमा कम्पनीले पनि चासो नदिने अनी किसानले पनि वर्ष भरीमा तीन पटक एकै ठाउँमा आलुको विमा गर्नु पर्ने भएकाले झन्झट मान्ने गरेका छन् । लामो समय लग्ने बालीमा पशुमा किसानको विमा गर्नु पर्छ भन्ने छ तर छोटो अवधिको बाली काक्रा फर्सि बोडी सिमी आलु लगाएतका बालीमा भने किसानले विमा गर्न र विमा कम्पनीले पनि लगानी गर्न हिचकिचाउने गरेका छन् ।
भएको आलु पनि विकेन
असिना पानीले चुटेका कारण खेतमा बाँकी भएको आलु पनि बजारमा नविकेको किसान बताउँछन् । आलु कहाँ बाट ल्याउने सुडाल ताथली बाट त हैन नी त्यहाँ त असिनाले चुटेको छ १५ दिन पनि टिक्दैन तपाईंहरुको आलु हामी किन्न सक्दैनौं भन्दै ब्यापारी पनि उक्त क्षेत्र छिरेका छैनन् । सुडाल र ताथलीका बारी बारीमा आलु खरिद गर्न जाने ब्यापारी यस पाली किसानले उनीहरुलाई नै सम्पर्क गर्दा पनि आफूहरु आलु खरिद गर्न नसक्ने भन्दा किसान अझ मर्कामा परेका छन् ।
Related