काठमाडाैं :- अफगानिस्तानको सूचना मन्त्रालयमा आक्रमण भएको छ । राजधानी काबुलस्थित सूचना मन्त्रालयमा हतियारधारी समूहले आक्रमण गरेको मन्त्रालयका प्रवक्ता नस्रत रहिमीलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।
स्थानीय समयानुसार बिहान ११ः४० बजे विस्फोटन भएको सुनिएको रहिमीले बताएका छन् । त्यसपछि हतियारधारी समूह र अफगान सुरक्षाकर्मीहरूबीच गोली हानाहान भएको उनले बताए । आक्रमणबाट मानवीय क्षति भने नभएको बताइएको छ ।
राष्ट्रपति निवास र चर्चित होटलहरू भएको व्यस्त क्षेत्र नजिकै भएको सो आक्रमण कसले गरेको भन्नेबारे अहिलेसम्म थाहा हुन नसकेको अधिकारीहरुले बताएका छन् । तालिबान र अफगान सरकारका प्रतिनिधिहरूबीच वार्ता असफल भएको एक दिनलगत्तै आक्रमण भएको हो ।