मन्त्री भएको केही दिनमै भ्रम छर्दै भक्तपुरका भडेल

639

कार्तिक २०, भक्तपुर । बागमती प्रदेशको भौतिक पुर्वाधार मन्त्री कृष्णलाल भडेल मन्त्री भएको केही दिनमै भ्रम छर्न लागेका छन् । शुक्रबार नेपाली काङ्ग्रेस भक्तपुर जिल्ला कार्य सिमितले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री भडेलले भने “मलाई शारदा प्रसाद अधिकारीले भनेका छन् नगरकोट बाटो बनाउन एमालेका साथीहरूले अवरोध गर्नु भयो” । तर, एमालेको कसले नगरकोटको बाटो बनाउन अवरोध गर्यो त्यो उनले खुलाउन सकेनन् । सार्वजनिक पद धारण गरेको एउटा जिम्मेवारी मन्त्री जस्तो मान्छेले जे पायो तेहि बोलेको त्यो सुहाउँदो भएन, काङ्ग्रेस भक्तपुरका एक नेताले हामीसग भने । भौतिक पुर्वाधार जस्तो गरिमामय मन्त्रालय पाएका भडेल ठेक्कापटटा बाट राजनीतिमा उदायका व्यक्ति हुन् । एमाले बाटो निर्वाचित हरि शरण लामिछानेको निधन हुनु र नेकपाले उपनिर्वाचनमा डिपी ढकाललाई टिकट दिनु भडेलको भाग्य बलेको काङ्ग्रेस वृतमा चर्चा हुने गरेको छ । भक्तपुरबाट नगरकोट जाने सडक बनाउन जस लिने मसायले बोलेपनि उनी स्वयम् प्रचण्डसग ठेकेदार गुहारकोलागी माओवादी भक्तपुरका नेता डिपी ढकाललाई लिएर गएका थिए । १५.२ किलोमीटर भक्तपुर-नगरकोट सडक ठेक्का लागेको ८ वर्ष हुँदा समेत निर्माण सम्पन्न भएको छैन । त्यो नै राजनीति दलहरूलाई भोट माग्ने भाडो भएको छ ।