यी हुन काभ्रेबाट छानिएका ३४ जना एमाले महाधिवेशन प्रतिनिधि (नामावली सहित)

214

कार्तिक ३०,
काभ्रे । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनकोलागि काभ्रे जिल्लाको निर्वाचन क्षेत्र न. १ र २ प्रतिनिधिनि चयन भएका छन् । एमाले काभ्रेले दिएको जानकारी अनुसार केही दिनको समय लागेपनि सबै महाधिवेशन प्रतिनिधि सर्वसम्वत भएका हुन् । दुइ निर्वाचन क्षेत्र रहेको काभ्रेमा सबै गरेर ३४ जना महाधिवेशन प्रतिनिधि छानिएका छन् । जस अनुसार निर्वाचन न. १ बाट खुल्ला तर्फ नारायण प्रसाद पाण्डे, चन्द्र बहादुर लामा, रेशम बहादुर लामा, केशव प्रसाद बडाल, जेनिश लामा, दिलिप घिसिङ्ग,राजन भुर्तेल, दिलिप तामाङ्ग, चुडामणी गौतम र कृष्ण खुलाल रहेका छन् । सोही क्षेत्रबाट महिला महाधिवेशन प्रतिनिधि तर्फ गोमा भुर्तेल, गीता बन्जरा, कमला काफ्ले र शान्ता न्यौपाने सर्वसम्मत भएका हुन् ।

निर्वाचन क्षेत्र न. २ बाट खुल्लामा अशोक व्यान्जु, श्याम सुन्दर श्रेष्ठ, राम शरण दाहाल, राजकुमार सापकोटा, नकुल प्रसाद पराजुली, कंचन अधिकारी, प्रेम लामा, बेद प्रसाद तिमल्सिना, राधाकृष्ण बस्ताकोटी, कुमार थापा, विदुर सापकोटा र रीता गौतम (ढकाल) चयन भएका हुन् ।
महिला महाधिवेशन प्रतिनिधि तर्फ भने निर्मला शाही, भक्तकुमारी लामा, बिमला कुमारी चौलागाई शर्मा, बिमला सापकोटा र शुभद्रा अधिकारी सर्वसम्मत भएको एमाले काभ्रेले जानकारी दिएको छ ।
महाधिवेशनकोलागि काभ्रेबाट समावेशी तर्फ तेज नेपाली, गीता सुनुवार र विष्णु बहादुर मिजार प्रनितिधिमा छनोट भएका छन् ।