युवा नेता गणेश लामाले कांग्रेसको केन्द्रिय सदस्यमा उम्मेदवारी दिने

743

मंसिर २४,
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन आजबाट सुरु हुदैंछ । पार्टीको केन्द्रिय सदस्य पदमा युवा नेता गणेश लामाले उम्मेदवारी दिने घोषणा गरेका छन् । भोली शनिबार हुने उम्मदवारको मनोनय दर्तामा आफुले केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिने लामाले जानकारी दिएका छन् । उनी तत्कालिन लोकतान्त्रिक फोरमको केन्द्रिय सदस्य पार्टी समायोनपछि महासमिती सदस्य प्रदेश सभा निर्वाचनमा काभ्रे क्षेत्र न. १ (ख) बाट उम्मेदवार थिए । पार्टीको युवाहरुको भूमिकालाई सशक्त बनाउन र राष्ट्रियता बलियो बनाउन आफ्नो उम्मेदवारी दिन लागेको लामा बताए ।

लामाले फोरम लोकतान्त्रिकमा रहदाँ हिमाल, पहाड, तराई र मधेसमा पार्टीको संगठन बिस्तार गरेर युवाहरुमा लोकप्रीय भएका थिए । देशको सबै जाती भाषा, क्षेत्र र वर्गलाई भावनात्मक रुपमा जोड्न सक्ने खुबी भएका उनी युवा र अन्य पुस्तापनि लामा चर्चित मुहार हो ।

भक्तपुरमा भएको प्रदेशसभा तर्फको उपनिर्वाचनमा पनि उनले कांग्रेसका उम्मेदवार कृष्णलाल भडेँललाई जिताउन भूमिका खेलेका थिए । समाजसेवा, संकटमा जनताबीच उभिने र हजारौं युवालाई रोजगार बनाउन लामा सधै सक्रिय छन् । खास समयमा महत्वपूर्ण भूमिका निभाउन सक्ने क्षमता भएका लामाले गण्डकी प्रदेशको वर्तमान सरकार बनाउन खेलेको भूमिका सबैसामु छर्लङ्ग छ,’ एक नेताले नयाँ नेपाल न्यूजसंग भने । पार्टीको केन्द्रिय सदस्यमा लामालाई बिजयी गराउन सके युवा पुस्ताको ध्यान कांग्रेसमा बढ्ने नेताहरुको भनाई छ । ‘