काठमाडौंः पाँच महिनाको अवधिमा १ हजार १ सय ४५ जना प्रहरी कारबाहीमा परेका छन्।
तीन जना प्रहरी उपरीक्षक (एसपी) सहित १ हजार १ सय ४५ जनालाई कारबाही गरिएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्त कुँवरले जानकारी दिए।
कारबाहीमा पर्नेहरूमा सबैभन्दा धेरै प्रहरी जवान रहेका छन्। पाँच महिनाको अवधिमा ६ सय ७५ जना प्रहरी जवान रहेको छन्। त्यसपछि ३ सय ५ जना प्रहरी हवल्दार कारबाहीमा परेका छन्। प्रहरी उपरीक्षक माथिल्लो दर्जाका कुनै पनि प्रहरी यो पाँच महिनाको अवधिमा कारबाहीमा परेका छैनन्।
४ जना प्रहरी नायव उपरीक्षक (डिएसपी) कारबाहीमा परेका छन्। त्यसै गरी १२ जना प्रहरी निरीक्षक समेत कारबाहीमा परेको प्रवक्ता एसएसपी कुँवरले जानकारी दिए। ४६ जना प्रहरी नायव निरीक्षक ( सई), ८६ जना प्रहरी सहायक निरीक्षक (असई) कारबाहीमा परेका हुन्। १४ जना कार्यालय सहयोगी पनि कारबाहीको भागिदार भएका छन्।